एउटै दृष्टि, भिन्न कोण

यसकारण देश समृद्ध हुन सक्दैन !

२०७६ असोज १३ गते सोमवार
  • करन साउद

देश अहिले भन्दा करिव दश – बाह्र बर्ष अगाडि देखि नै अराजकता अस्थिरता असमानता लगायत अव्यवस्थित भइरहेको कुरा हामी सबैलाई स्मरण नै छ । सत्ता, भत्ता अनि आफ्नो स्वार्थको राजनीति गरेर देशमा भ्रष्टाचार गर्ने नेताहरुको कमि देखिएन नेपालमा । कुनैपनि देशको राजनीतिक मोर्चा र अभियानलाई नराम्रो भन्न सकिन्न किन, कि उनीहरुको आ–आफ्नै लक्ष्य सिद्धान्त अनि उदेश्य हुन्छन र सहि नै हुन्छन् । तर ती भित्रका जुन खराब तत्वहरु हुन तिनीहरुले पार्टी संगठन मोर्चाको बदनाम गराउने काम गरेको हुन्छ । उदाहरणको लागि एउटा फल भित्र जन्मेको किरापछि गएर पुरै फल नै नस्ट गर्ने सम्म पुग्छ भने त्यस्तै ती राष्ट्रघातीहरुको कुरो हो । दशकौ बित्यो तर नेपाल समृद्ध हुन सकेन आखिर किन कसको कारणले ? जनताको अमुल्य भोट पाएर सत्तामा पुगेका दल नेता केवल आफ्नो हालीमुहाली स्वार्थ लोभ लालच र पद पुर्ती मै सिमित भए ।

देश र जनताको चिन्ता रत्ती भरको भएन अन्ततः देश अनि जनता समस्या र दुखहरु जस्ताका त्यस्तै रहे अनि कसरी हुन्छ देश बिकास कसरी हुन्छ समृद्ध राष्ट्र अनि कसरी बन्छन् जनता आत्मानिर्भर उल्टै देश बनाउने युवा शक्ति दोश्रो मुलुक देखि लिएर खाडिको चर्को घाम अनि रमरम पोल्ने बालुवाको कण माथि कडा मेहनत गर्नुपर्ने अवस्था सिर्जना भयो आखिर यहि हो देश बिकास अनि रोजगारी ? त्यसैले अब नेपाली जनताले पनि चुप लागेर बस्ने होईन देश बनाउने जिम्मा दिएका राष्ट्रको ढुकुटी रित्याउन पल्केका ती तत्वहरु झक्झक्याउनु पर्यो ता, कि भोली गएर आउनेवाला नयाँ नेतृत्वकर्ताको ध्यान बिकास निकास बेरोजगार र समृद्ध नेपाल बनाउन तिर जाओस् ।

प्राकृति दृष्टिकोणले हेर्ने हो भने नेपाल कुनै पनि देश भन्दा कम छैन तर बिडम्बना ती श्रोतहरुको सहि सदुपयोग हुन सकिरहेको छैन । जुन देशमा पानी पिउनको लागिपनि किनेर लिनुपर्छ तर ती देशमा लोडसेडिङ के हो थाहा हुन्न जुन देशमा बाह्य देश तथा शक्तिले आक्रमण गरे ती देशमा बन्द हडताल के हो थाहा छैन तर हाम्रो देश नेपाल जलस्रोतको हिसाबले बिश्वको दोस्रो स्थानमा भएर पनि १२ र १५ घण्टा लोडसेडिङ हुनु कति लाजमर्दो कुरो हो अनि त्यस्तै आन्दोलन चक्काजाम बन्द हडताल आखिर यी सब किन र के का लागि । स्रोत छन् तर काम र कदम चाल्ने नेतृत्व छैन तसर्थ नेपाल अनेकौं समस्याको भुमरीमा तड्पिरहेको छ । सहि नेतृत्व पाएर बिकास गर्ने हो भने केहीबर्ष मै काचुली फेथ्र्याे होला तर राजनीतिक दलका खिचातानी किचलोले जबसम्म रंग फेर्दैन तबसम्म देश यस्तै दुर्घटना तिर मोडिरहने छ ।

अब नेपाली जनताले यस्ता ब्यक्तित्वलाई चुन्न सक्नु पर्छ कि जस्ले म होईन हामी र मेरो होईन हाम्रो भन्न सिकेको होस् र देश विभिन्न किसिमका समस्याहरु बाट छुटकारा पाउन सकोस् । यदि साच्चिकै त्यस्ता ब्यक्तित्व हामीले चुन्ने हो भने देशको अव्यवस्थित राजनीति अराजकता बेरोजगार लगायत दिनप्रतिदिन बिदेशीने बिकासका सम्बाहक युवा शक्तिलाई स्वदेश मै संचालन गर्न सकिने थियो होला । कुनै पनि राष्ट्रमा बनाईएको ऐन कानुन लाई ब्यबहारिक रुपमा लागू गर्न सकिएन भने त्यहाँ विभिन्न किसिमका समस्याहरु उत्पन्न हुन थाल्छन् त्यसैले नियम कानुनको पालना गर्दै अपराध गर्ने जो कोहिलाई पनि दण्डनिय सजाय दिलाउन थुप्रै समस्याहरु समाधान हुन सक्छन् तर दुःखको कुरो पैसा र पावरमा बिकेका नेपाली नेता र कानुनले अपराधीलाई सजाय र पीडितलाई न्याय दिलाउन सकेको छैन

तसर्थ अब हामीले पनि आवाज उठाउने बेला आएको छ दोषीलाई कडा भन्दा कडा कारबाही र निर्दोषलाई न्याय दिलाउनको निमित्त आफ्नो हक अधिकार सुनिश्चित गर्नको निमित्त अनि देशको बढ्दो भ्रष्टाचार र घुसखोरीलाई निर्मुल पार्नको निमित्त आम नेपाली जनताको आवाज एक नभएसम्म देशका त्यस्ता कुपुत्रहरु जन्मिरहने छन् ।

प्रतिक्रिया दिनुहोस