एउटै दृष्टि, भिन्न कोण

यो समाजको जाग्ने समय हो !

२०७६ असोज १३ गते सोमवार
  • प्रवीणसिंह विश्वकर्मा

पाँच हजार वर्ष ईसा पुर्व देखि जातपातको निहुँमा छुवाछूत हुँदै आएको सबैलाई अवगतै न छ । २५०० सय वर्ष पुर्व महामानव सिद्धार्थ गौतम नेपालको पावन भुमिमा जन्मिए । उहाँले समाजमा फैलिएको विकृती छुवाछुत प्रथा, दास प्रथा, दासी प्रथा, देवी देवतालाई खुसी पार्नु पशु बली प्रथा, बालिघरे प्रथा, दमन, अत्याचार नजिकैबाट हेर्नू भयो । आफै युवराज हुदाहुँदै आफ्नो प्रजालाई सहायता नगरिसक्ने अवस्था थियो, कारण बाहुनहरुले चौतर्फी आफ्नो षड्यन्त्र फैलाईएको थियो । देवी देवताको प्रकोप लाग्छ तिमी अछुतहरुलाई भनेर सही कुरा राज दरबारसम्म नपुग्ने गरि शोषण गरेको इतिहासका बिज्ञहरु भन्दै छन् । यीनी तमाम सरहको विभेदको विरोधमा आफ्नै राजगद्दी त्यागेर सिद्धार्थ गौतम शान्ति र सत्यको खोजीमा जानू भयो अनि बौद्धित्सव पाउनुभयो । कतै सिद्धार्थ गौतम यीनी अछुत जातीलाई हाम्रो बराबरीमा हक अधिकार दिलाउछन् कि, भनेर उहाँको ८० औं वर्षको उमेरमा बिषपान गराएर मार्नुभयो । त्यस्तो षड्यन्त्र रच्ने यीनी फटाहाहरुले कि महामानव भगवान गौतम बुद्धको महानिर्वाणको असल कारण आजसम्म रहस्यमय छ ।

आजको परिवेशमा सत्य त्यस्तो प्रकारको छ, हामी नेपाली पीडित समाजको कहानी खासगरी दलित समुदायको कहानी भनेको एकै हो । गाँस, बास, कपास । रोटीको लागि वतन छोडियो । प्रवासको ठाउँमा हाम्रा पुर्खाहरु रोजी रोटी र बालबालिकालाई प्राथमिक र उच्चस्तरको शिक्षाको लागि आएर बस्नुपर्यो । यो कुरा सत्य हो ! तर नेपथ्य पछाडीको कुरा के हो भन्नूहुन्छ भने । ध्यानाकर्षण गर्नुहोस् ।
पहाडको गाउँ ठाउँमा हाम्रा पुर्खाहरुलाई जातियताको निहुँमा मानवी छुवाछूत दमन अत्याचार धेरै गरे । पुर्खा देःखी पुस्तै नै कमैया बनाउन थाले । दास बनाए । दलित महिलाहरुको इज्जतमा हातहाल्ने काम गरे । आफ्नै खेती किसानी गर्न दिएनन् । बालबालिकालाई शिक्षाबाट वन्चित राखे । सदैव पुँजीवादी सामँतीहरुको ऋणी बनाउने रित जारी थियो । गाई, भैंसी, गोरु छोएको निहुँमा कारबाही हुन्थ्यो ।
त्यस्को पुर्णतः विरोध नगरी सक्ने हाम्रो विपन्न दलित समुदाय त्यस्तो पनि संख्याबलमा कमी हुदा दमनकारी समाजका ठेकेदारका सामु आफ्नो परिवारको सुरक्षाको लागि प्रदेश पलायन गर्नुपर्यो ।

केहिलाई त कुटपिट गरेर निष्कासनसम्म गरेका छन् । त्यो वर्तमान सम्म चलिरहेको छ । कतिपय हाम्रो दलित समाजका धनाढ्य व्यक्ती आफुलाई म दलित होइन भन्छन । भ्रमित न रह्नु होला । जति धन भएपनि पानी न चल्ने दलित हो तिनिहरुको लागि हामी सबै । धन भएर जात बदल्ने हो देखिन अलि अलि धन सबैसंग छन जस्तो छ ।
आज संसार २१ औं सताब्दीमा चन्द्रमा र मंगल ग्रहमा पुगिसकेको छ । तर हाम्रो देश नेपाल आज पनि जातियताको जञ्जालमा परेको छ । मानव छुवाछूत, शोषण, दमन, हत्याहिंसा, बलात्कार, बोक्सी जस्तो अमानवीय , असंवैधानिक, अप्राकृतिक अनि अप्रासंगिक जातीय आधारको विभेद स्वार्थको कमजोर राजनीती हाम्रो समुल गाउँ ठाउँमा चरमसीमा पटकपटक देखिन्छ ।

नेपाल सरकारले संबैधानिक तरिकाले छुवाछूत नगर्ने र अन्तरजातीय विवाहलाई कानुनी मान्यता दिएर पनि समाजिक मान्यता छैन ? उच्चवर्गिय समाजले आजपनि दलित भनेर हाम्रा समाजको नैतिक, भौतिक, आर्थिक , सांस्कृतिक, शैक्षिक, राजनैतिक, स्वास्थ्यको विभेद गरेको देखिएको छ । आजको यस् शिक्षित जमानामा त्यस्तो रुढीबादी सोचाइका मान्छे धेरै छन् । छुवाछूतको नाममा आजसम्म अत्याचार, कुटपिट, बोक्सी आरोप लगाएर गाउँ अनि देश निकाला गरेको छ । अन्तरजातीय विहे गर्ने युवायुवतीलाई कुटपिट र ज्यानमारा गर्ने गरि मारिएको तथ्य उजागर छन् । एकातिर अन्तरजातीय विहे गर्नेलाई पारितोषिक भन्ने अनि चलखेल अलगै ? बस् अब भयो समाप्त गर्नुहोस् । जिओ और जिने दो । समुन्द्रको पनि आफ्नो एक सिमा हुन्छ त्यो नाग्दैन । समाजको जाग्ने समय हो ।

आफ्नो हकहित, बालबालिकाको शिक्षा, नेपाली समाजको विकास, देशको निकास र छुवाछूत निर्मुलन होस् त्यस्को अन्त्य होस् भनी हामी सबै एकत्रित हुनुपर्दछ । हामीले आ–आफ्नो ठाउँबाट यस मिशनको समर्थन गर्नुपर्छ । हामी यस संघर्षको प्रथम होइन अन्तिम पनि होइन । एक हिस्सामात्र बनौं । हाम्रो संघर्ष वा लडाइँ आफ्नो समाजको एकीकरण, विकास , विस्तार र हक्कको हो, कुनै जाती विषेशको बहिष्कार हैन । गैरदलित समाजका केही बुद्धिजीवी, शिक्षित वर्ग यस कुप्रथाको विरोध गर्छन् तिनी समाज चिन्तक बुद्धिजीवीहरुलाई हामी मनपुर्वक आदर सम्मान अनि नमस्कार गर्छौं ।

प्रतिक्रिया दिनुहोस