एउटै दृष्टि, भिन्न कोण

राजीनामा दिँदै सभामुख कृष्णबहादुर महरा !

२०७६ असोज १४ गते मङ्गलवार

संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन्।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ। घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ।

छलफलमा पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए। नेकपाबाटै सभामुख पदमा निर्वाचित भएका महरालाई पदबाट राजीनामा गराउनु नै उचित हुने निष्कर्षमा ओली र दाहाल पुगेको स्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस