एउटै दृष्टि, भिन्न कोण

सभामुख महराले पदबाट राजीनामा दिनुपर्छ !

२०७६ असोज १४ गते मङ्गलवार

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सभामुख कृष्णबहादुर महारामाथि लागेको आरोपबारे छानविन हुँदासम्म सभामुख पदबाट अलग हुन आग्रह गरेका छन्। उनले सभामुखमाथि लागेको आरोपले सिंगो संसद र सांसदलाई स्तब्ध पारेकाले सभामुख महरामाथिको आरोपबारे अनुसन्धानमा सघाउन सभामुखले पदबाट बारिह बस्नुपर्ने बताए।

गुल्मीमा काँग्रेसको कार्यक्रमबाट काण्ठमाडौं फर्कने क्रममा रिर्पोट्स क्लब प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा सांसद थापाले भने –सभमुखमाथि जे आरोप लागेको छ, त्यो मित्थ्याहोस्, संलग्न नभएको प्रमाणित होस् भन्ने मेरो चाहना छ, तर यस्तो गम्भिर आरोप लागेकाले अनुसन्धानमा सघाउँछु भनेर सभामुख महराले पदबाट अलग हुनुपर्छ। संसदमा सबैभन्दा बढी सरकारको कडा रुपमा आलोचना गर्ने थापाले सभामुखमाथि यौन दुव्र्यहारको आरोप लाग्दा देशकै बेइज्जत भएको बताए।

प्रतिक्रिया दिनुहोस