एउटै दृष्टि, भिन्न कोण

सभामुख महराले दिए राजीनामा !

२०७६ असोज १४ गते मङ्गलवार

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस