अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा !

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ ।

Loading...

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ७-० गोलको हार ब्यहोरेको थियो ।तर दोस्रो खेलमा भने उत्कृष्ट पुनरामगन गर्दै चाइनिज ताइपेलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

अष्ट्रेलिया र जोर्डनविरुद्ध पनि राम्रो नतिजा ल्याउने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ रञ्जित धिमाल, सुमन अर्याल

मिडफिल्डर स् सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड : विमल घर्तिमगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस