एउटै दृष्टि, भिन्न कोण

शरणार्थीलाई नागरिकता दिइन्छ !

२०७६ असोज १५ गते बुधवार

कलकत्ता । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगाल राज्यमा पनि राष्ट्रिय पञ्जीकरण एनआरसी लागू गर्ने बताएका छन् । कलकत्तामा आयोजिक भारतीय जनता पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले भारतका सबै राज्यमा एनआरसी लागू गर्ने बताएका हुन् । बसोबासको पृष्ठभूमिका आधारमा दिइने राष्ट्रिय परिचयको सूचीका सवालमा गृहमन्त्री शाहले यो राष्ट्रको हित हेरेर लागू रहेको बताए ।

बंगालमा मात्रै होइन भारतभरि एनआरसी लागू गरिन्छ, उनले भने, ‘सन् २००५ मा बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नै राज्यका नवप्रवेशीहरुलाई लखेट्ने प्रचार गरेको म यहाँ स्मरण गर्न चाहन्छु, अनि एनआरसीको विरोध किन ? नवप्रवेशीहरुलाई ममताले भोट बैंकका रुपमा प्रयोग गरेको बताउँदै भारतीय जनता पार्टीका अध्यक्ष समेत रहेका शाहले नवप्रवेशी र घुसपैठ गरेकाहरुलाई बसोबास गर्न नदिने बताए । लामो समयदेखि भारतमा शरण दिइरहेका शरणार्थीलाई देशभन्दा बाहिर जान नदिने उल्लेख गर्दै शाहले उनीहरुलाई नागरिकता प्रदान गर्ने प्रष्ट पारे ।

एनआरसी लागू गर्न लाखौं हिन्दूहरुले बंगाल छाड्नुपर्ने बताएर बेनर्जीले राजनीतिक मुद्दा र विवाद गर्न खोजेको बताउँदै केन्द्र सरकारले सबै नागरिकको अधिकार सुनिश्चित गर्नकै लागि एनआरसी लागू गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस