एउटै दृष्टि, भिन्न कोण

क्यानडामा साझा सद्भाव समूह गठन, संयाेजक बने लामिछाने

२०७६ असोज १८ गते शनिवार

क्यानडा । अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले संगठन बिस्तारलाई तिब्रता दिने क्रममा साझा सद्भाव समूह क्यानडाले पुर्णता पाएको छ ।

साझा सद्भाव समुह क्यानडाले संयोजकमा श्रीराम लामिछानेलाई चयन गरेको छ । क्यानडामा अनुसन्धानरत लामिछाने बेलायत र अस्ट्रेलियाबाट बायोलोजिमा स्नातकोत्तर गरेका हुन् । अस्ट्रेलिया बसाइको क्रममा उनले अस्ट्रेलियाको उत्तरी क्षेत्रको विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधि भएर काम गरेका थिए ।

सद्भाव समूहको उपसंयोजकमा कृष्ण अर्याल चुनिएकाे अन्तर्राष्ट्रिय सद्भाव समूहले जानकारी दिएको छ । उनि क्यानडाको एक विद्यालयमा कार्यरत छन् । उनले नेपालबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका हुन् । नेपालमा रहंदा शिक्षण पेशा तथा मिडियामा आबद्ध थिए । अहिले प्रारम्भिक समिति गठन गरिएको र समितिलाई विस्तार गर्दै लैजाने संयोजक श्रीराम लामिछानेले बताए ।

साझा सद्भाव समूह क्यानडाकाे सदस्यहरुमा बिनोद राना, पुस्कर भट्ट, राजु अर्याल, रत्न तिमिल्सिना, सालिक अर्याल, शशी शेखर श्रेष्ठ रहेका छन् । समितिका सल्लाहकार समुहमा कुमार उप्रेती र लक्ष्मीप्रसाद बाँस्तोला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस