एउटै दृष्टि, भिन्न कोण

सिन्धुपाल्चोक बस दुर्घटना: घाइ’ते भन्छिन्, ‘बसबाट श्रीमानले छोरालाई फाल्नुभयो’

२०७६ असोज २५ गते शनिवार

इन्द्रावती गाउँपालिका—९ सिपाटारबाट काठमाडौं जाँदै गरेको यात्रु बस शुक्रबार दु र्घटना हुँदा १२ जनाको मृ त्यु भएको छ। दु र्घ टनामा बसमा सवार सयजना घाइ ते भएका छन्। बा २ ख २७१५ नम्बरको बस इन्द्रावती—१० को तिखु मोडमा दु र्घ टना भएको हो।

सडकबाट करिब दुई सय मिटर तल बस खस्दा चालकसहित १२ जनाको मृ त्यु भएको हो। पाँच जनाको घट नास्थलमै मृ त्यु भएको हो। केही यात्रुको अस्पताल तथा केहीको अस्पताल लैजाँदा बाटोमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रह री नायब उपरीक्षक माधवराज काफ्लेले जानकारी दिए। उनका अनुसार करिब एक सय जना यात्रु घा इते छन्।

क्षमताभन्दा बढी यात्रु बोकेको बस ओरालोमा ब्रेक फेल हुँदा कारण दुर्घटना भएको हुन सक्ने उद्धारमा संलग्न स्थानीय राजेन्द्र आचार्यले बताए।

दु र्घट नामा सयभन्दा बढी यात्रु घाइते भएका छन्। हेलिकप्टर र एम्बुले न्सबाट उद्धार गरिएका ६७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

उनका अनुसार शिर मेमोरियल अस्पताल बनेपामा १६ तथा काठमाडौंको ट्रमा सेन्टरमा १५ जनाको उपचार भइरहेको छ। त्यसैगरी काठमाडौं मेडिकल कलेजमा एक तथा नोबेल अस्पतालमा एक जनाको उ पचार भइरहेको प्रहरीले जनाएको छ।

अत्यधिक भार र पुरानो बस भएकाले ब्रेक फेल भएको हुन सक्ने अनुमान गरिएको छ। धुलिखेल ल्याइएका ५२ घाइतेमध्ये पाँच जनाको मृ त्यु भएको र दुईजनालाई काठमाडौं रिफर गरिएको थियो। ४५ जनाको धुलिखेल अस्पतालमा र ६ जनाको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पल्टँदै गरेको बसबाट श्रीमान्ले छोरालाई फाल्नु भयो : सीता मगर, घाइते

चालकभन्दा पछाडिको सिटमा म, श्रीमान् र छोरा थियौं। बस भित्र धेरैजना थिए। बसको छतमा पनि धेरै चढेका रहेछन्। मोडमा आएपछि बसको गति ह्वात्तै बढ्यो। हावा फुस्किएको आवाज आएपछि चालकले सहचालकलाई टायर झिक भनेको सुनियो। उनले ब्रेक फेल भयो भन्दै गर्दा गाडी पल्टियो। गाडी पल्टिएपछि रुवाबासी चल्यो। हामी नजिकैको सिसा फुट्यो। श्रीमान्ले छोरालाई झ्यालबाट फालिदिनु भयो। चौथो बल्ड्याङ खाएपछि गाडीबाट हाम फालेँ। समयमै उद्धार हुन सकेन। मेरा श्रीमान् कता हुनुहुन्छ, छोराको अवस्था कस्तो छ मलाई थाहा छैन। यहाँ ल्याएपछि उपचार पनि राम्रोसँग भएको देखिएन।

गाडी पल्टेपछि बेहोस भएँ: इन्द्रमणि नेपाल, घाइते

हामी चढेको बस यात्रुले खचाखच भरिएको थियो। मामाघरबाट काठमाडौं फर्कंदै थिएँ। बसको तलमाथि सयभन्दा धेरै यात्रु सवार थिए।

बस ओरालो लाग्दै थियो। बसभित्रबाट सुनिने गरी टायरबाट हावा खुस्कन थाल्यो। चालकले सहचालकलाई टायर निकाल भने। लगत्तै गाडी पल्टन थाल्यो। म बेहोस भएछु। मलाई उद्धार गरियो। गाडीबाट उद्धार गरेको मात्र मलाई थाहा छ। खुट्टा, घुँडा र मेरुदण्डमा चोट लागेको छ।

अन्नपुर्ण पोष्टमा युवराज पुरी/रोजन तामाङले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस