एउटै दृष्टि, भिन्न कोण

कश्मीरमा गोली हानेर ५ जनाको हत्या

२०७६ कार्तिक १३ गते बुधवार

भारत प्रशासित कश्मीरस्थित कुलगाम जिल्लाको कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या गरिएको छ। हिजो राति ९ बजेतिर भएको घटनामा अर्का एक जना घाइते भएका छन्।

मारिनेहरु पश्चिम बंगालको मुर्शिदाबादका बासिन्दा छन्। उनीहरु कातरसु गाउँमा भाडाको घरमा बस्ने कामदार रहेको र बन्दुकधारीहरुले घरमा छिरेर बाहिर निकाली उनीहरुलाई गोली हानेर मारेको कश्मीर प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

मारिएकामध्ये ३ जनाको पहिचान भएको प्रहरीले बताएको छ। प्रहरीले आक्रमणकारीको खोजीसँगसँगै घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस