एउटै दृष्टि, भिन्न कोण

सरकार भ्रष्टाचार गर्छ तर भ्रष्टाचार देख्दैन ?

२०७६ कार्तिक १३ गते बुधवार

साझा सद्भाव समुह भारतका केन्द्रिय संयोजक तथा भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले, अहिलेसम्म बनेका हरेक सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनुभयो । पुराना राजनीति पार्टीका सबै सरकारका कामहरु राम्रोसँग हेरे पुग्छ, कुन पार्टीले कति सत्ताको दुरुपयोग गरेका छन् भनेर भन्नै पर्दैन, उहाँले भन्नुभयो । दुइतिहाईको सरकारले पनि भ्रष्टाचार गरिरहेको छ तर आफैले भ्रष्टाचारको कुनै रंग नदेखेको आरोप लगाउनुभयो ।

कांग्रेस र नेकपाका नेताहरुले यति धेरै भ्रष्टाचार गरेकी, अहिलेसम्म कुनै लेखाजोखा छैन । यी पुराना राजनीतिक दलहरुको मिलेमतोमै भ्रष्टाचारले जडा गाढेको सबैमा स्पस्ट छः भट्टराई भन्नुहुन्छ ।

नेपाली नेताहरु ४६ सम्म चप्पल लगाएर सिंहदरबार छिरे र मन्त्री, सांसद बनेपछि एकाएक काठमाडौंमा करोडौंका मालिक कसरी बने । यो सबै नेपाली जनताको प्रश्न हो । यसकारण पनि अहिलेसम्म सांसद र मन्त्री बन्नेहरुको सम्पत्ति छानविन गर्ने हो भने सबै सबै नेताहरु खोरमा पुग्ने पक्का छः उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस