नेविसंघका नेता ज्ञानेन्द्र गजुरेल बलात्कार अभियोगमा पक्राउ परेका छन् । प्रहरीका अनुसार नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेललाई बलात्कार अभियोगमा पक्राउ गरिएको हो । उनलाई ललितपुर प्रहरीले बलात्कार अभियोगमा ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गजुरेलले नेविसंघको पूर्व केन्द्रीय सदस्य र कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सदस्य भएको बताएका छन् । प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसवुकमार्फ गजुरेल र पीडित युवतीवीच चिनजान भएको हो । सो चिनजानका आधारमा गत २९ असोज राती गजुरेलले पीडित युवतीलाई वोलाएर साथीको कोठामा लगेर बलात्कार गरेका हुन् ।
उनमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।