एउटै दृष्टि, भिन्न कोण

फेरि अनसन बस्दैछन् डा.गोविन्द केसी: यस्ता छन् माग

२०७६ कार्तिक १३ गते बुधवार

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । डा. केसीले आफ्ना माग पूरा नभए कार्तिक १८ गतेदेखि अनसन बस्ने बताएका हुन् । यसअघि असोज २७ गते पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग कर्तिक ८ गतेसम्म पूरा नभए भाइटीकाको भोलिपल्ट ९१३ गते देखि अनशन बस्ने घोषणा गरेका थिए। तर, तिहारका कारण आन्दोलनको कार्यक्रम केही दिन पर सारेको डा. केसीले बताएका छन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको लागि डा. केसीले १६ पटकसम्म अनशन बसिसकेका छन् ।

डा. केसीका मागहरु

१, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२, विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३, आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतका निर्णय तत्काल खारेज गरियोस् ।

५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

६, संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस