एउटै दृष्टि, भिन्न कोण

लडाकु शिविरको चार अर्ब अनियमितताको फाइल किन खोल्न सक्दैन सरकार ?

२०७६ कार्तिक १३ गते बुधवार

सरकारले माओबादी लडाकु शिविरमा भएको भनिएको चार अर्बको अनियमितताको अनुसन्धान अघि बढाउने संकेत दिएपछि पूर्वमाओवादी नेताहरुमा छटपटाहट देखिएन थालेका छन् । निवर्तनमा सभामुख कृष्णबहादुर महराले आफूलाई भेट्न आएका निकटवर्तीसँग यसबारे कुरा गरेका स्रोतको भनाइ छ । आफूलाई भेट्न आएका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग महराले प्रधानमन्त्री ओली पूर्वाग्राही ढंगबाट अघि बढेको गुनासो गरेका छन् । महरा सभामुख भएदेखि नै प्रधानमन्त्री ओलीले बारम्बार लडाकु शिविरको अनियमितताबारे जानकारी मागेको उनले नेताहरुलाई जानकारी दिएको स्रोतले बताएको छ ।

शिविरमा रहेका अधिकांश लडाकु नभएर गाउँगाउँबाट युवाहरुलाई ल्याएको बताएको प्रचण्डको भिडियो भाइरल बनेको थियो । गैरलडाकुलाई शिविरमा राख्नेदेखि लडाकुको नाममा निकासा भएको भनिएको करिब चार अर्ब रुपैयाँ अनियमितता भएको बताइन्छ । यति धेरै भ्रष्टाचारको गन्ध पाएर पनि किन, दुइतिहाईको सरकार चुप लागेर बसेको होला । अहिले चौकर्फी यो प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस