एउटै दृष्टि, भिन्न कोण

कोथरुडमा प्रनेसंघको कार्यक्रम सम्पन्न

२०७६ कार्तिक १३ गते बुधवार
  • त्रिलोचन देवकोटा

कोथरुड । प्रवासी नेपाली संघ भारत महाराष्ट्र–गुजरात संयुक्त राज्य समिति अन्तर्गत पर्ने कोथरुड नगर समितिद्वारा आयोजित शुभ दिपावली, छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कोथरुड नगर समितिका कोषाध्यक्ष कमल खडकाको अध्यक्षता तथा महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका लेखा प्रमुख आकाश कुँवरको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

यस कार्यक्रमलाई कोथरुड नगर सचिव जङ्ग बहादुर नेपालीले सहजीकरण गरेका थिए । प्रमुख अतिथि आकाश कुँवरका हातबाट शुभकामना कार्डका साथमा शुभकामना आदान–प्रदान गरिएको थियो । शुभकामना दिदै प्रमुख अतिथिले भन्नुभयो प्रवासी नेपाली संघ भारतले प्रवासमा रहेर पनि स्वदेशका सबै चाडपर्व, संस्कृती, रितिरिवाज परम्पराहरुलाई जस्ताको त्यस्तै गरि मनाउदै आएको छ । यहीँ संगठन हो प्रवासीहरुका हकहित लगायत स्वदेशका सबै आन्दोलन र भैपरी आएको बेलाबखत सरिक भैइरहने र भूमिका निभाउने गर्दछ ।

कार्यक्रमका विशिष्ट अतिथि राज्य सदस्य तथा पुना नगर इन्चार्ज त्रिलोचन देवकोटा, कोथरुड नसका प्रमुख सल्लाहकार हरिश बिश्वकर्मा, पुना नगर समिति सहसचिव टोपराज कुँवर, अखिल भारत नेपाली एकता मंचका भरत विश्वकर्मा, विश्वकर्मा समाजका पुणे अध्यक्ष अमर बहादुर टमट्टा, समाजका सल्लाहकार सदस्य गगन जयगडी, सोही समाजकै जिल्ला उपाध्यक्ष लोक बहादुर सुगालाको आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर सदस्य रेवन्त परियारले मन्तव्यबाट स्वागत गरेका थिए । कार्यक्रममा हर्क बिक लगायतको उपस्थिति रहेको थियो । भकामना आदान–प्रदान कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस