एउटै दृष्टि, भिन्न कोण

अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन हुने

२०७६ कार्तिक १३ गते बुधवार

काठमाडौं । बोम्बो संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन आयोजना हुने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौँमा आगामी पुस १४ र १५ गते सम्मेलन आयोजना गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ हुने सम्मेलनले विश्वका झाँक्री समुदायलाई एकीकृत गर्ने तथा परम्परागत संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने सम्मेलनको लक्ष्य छ । सम्मेलनमा युरोप र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका बोम्बो झाँक्रीसमेत गरी करीब एक हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

अहिले भारत, भुटान तथा जर्मनीबाट धेरै सङ्ख्यामा झाँक्री आउने निश्चित भइसकेको छ । चीनलगायत अन्य मुलुकसँग पनि सम्पर्क भएको समाजले उल्लेख गरेको छ । समाजका अध्यक्ष महाराज भोम्जनले विश्वका बोम्बोहरुलाई एकताबद्ध गर्दै बोम्बो संस्कार र संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले पहिलो पटक बोम्बो सम्मेलन आयोजना गर्न लागिएको बताए ।

उनले सम्मेलनमार्फत बोम्बो संस्कृति, आदिवासी जनजाति पहिचान मात्रै नभई नेपालकै संस्कृति अभिन्न अङ्गका रुपमा प्रस्तुत गरिने उल्लेख गरे । झाँक्रीलाई कुरीती संस्कारका रुपमा हेरिने गरेको र त्यस्तो नकरात्मक धारणालाई सामाजिक रुपमै परिवर्तन गर्न बोम्बो समुदाय एकजुट भएर अघि बढ्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस