एउटै दृष्टि, भिन्न कोण

दार्जिलिङ र नेपालको साइनो रगतको साइनो होः भाजपा नेता राजु बिष्ट

२०७६ कार्तिक १३ गते बुधवार

भारतीय जनता पार्टीका युवा नेता, नेपालीभाषी तथा भारतीय लोकसभा सांसद राजु बिष्टले भारतमा बस्ने गोर्खाहरु शरणार्थी नभएको बताउनुभएको छ । पछिल्लो चरण नेपालीभाषीमा एनआरसीको हल्ला चलिरहेको बताउदै, हामीहरुलाई यो एनआरसीले केहि फरक गदैन, हामीहरु केहि डराउनु पर्दैन । एनआरसीले गोर्खे समाजलाई केहिपनि थिचोमाचो पार्दैन –उहाँले भन्नुभयो ।

एनआरसी लागु हुनुभन्दा अघि आउने सिएडी मार्फत अफगान–स्तान, पाकस्तिान, बंगलादेशबाट आएका हिन्दु शरणार्थीहरुले त नागरिकता पाउछन् भने, हामी गोर्खाहरुले झन् नपाउने कुरै भएन, किनकी हामीहरु शरणार्थी होइनौं, हामीहरु यहाँका खाटी हौं –उहाँले भन्नुभयो । नेपालीभाषीहरु एकजुट हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । म पनि गोर्खेको छोरो हु । म जे पनि बोल्छु, गरेरै देखाउछु– उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस