एउटै दृष्टि, भिन्न कोण

कांग्रेस सांसद आलमलाई बज्याे जन्मकैदकाे घण्टी !

२०७६ कार्तिक १४ गते बिहिवार

सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ । ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ । उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ । याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ को उपदफा २ अनुसार कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरे वा गराए कसुरदारविरुद्ध जन्मकैद हुने व्यवस्था छ । दफा १७७ मा लेखिएको छ, ‘कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ ।’

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ अनुसार कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्ष कैद र एक लाख जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस