दाजु-भाईको झगडाले स्वाहा भयो, बुबाले कमाएको साढे २ खर्ब

२१ सेप्टेम्बर २०१६ मा विश्वविख्यात म्यागेजिन फोर्ब्स पत्रिकाका अनुसार मलविन्दर र शिविन्दर मोहन सिंह भारतीय धनीहरुको सूचीमा ९२ नम्बरमा थिए । तर, त्यसको २ वर्षपछि २४ सेप्टेम्बर २०१८ मा आइपुग्दा दुबै भाइले बाउले आर्जेको २२ हजार ५०० करोड भारु तथा आफ्नो पूरा कारोबार गुमाए ।

र, अहिले उनीहरु धनी होइन ऋणीको सूचीमा आइपुगेका छन् । ७ डिसेम्बर २०१८ मा मलविन्दर सिंहले आफ्नो भाई शिविन्दर सिंहमाथि एउटा आरोप लगाए । भने, ‘मलाई ५ डिसेम्बरमा भाइले आक्रमण गर्यो ।’ दाईले आरोप लगाएपछि भाईले जवाफ फर्काए । भने, ‘भाईले दाजुमाथि मारपिटको आरोप लगाए ।’

Loading...

मालविन्दरले त्यतिबेला एउटा तस्बिर सेयर गरे, जसमा उनी घाइते देखिएका थिए । यद्यपि दुबै जनाले एक अर्को विरुद्ध उजुरी भने गरेनन् । शिविन्दरले एक भिडियो पोस्ट गर्दै भनेका थिए, ‘५ सेप्टेम्बर २०१८ को साँझपख ६ बजेतिर भाई शिविन्दर मोहन सिंहले ५५ हनुमान रोडमा मलाई मारपिट गर्यो, सर्ट च्यातिदियो र मलाई घाइते बनायो ।

तर यो झगडाभन्दा अगाडिको कथा केही फरक छ । मलविन्दर मोहन सिंह र शिविन्दर मोहन सिंह दुबै व्यवसायी हुन । कारोबार बर्बादीको अवस्थामा आइपुग्नुभन्दा अघिसम्म दुबैले एकैसाथ काम पनि गरे । निकै सफलता समेत पाए । सफलताको स्वाद लिँदासम्म दुई भाईबीच भएको झगडाबारे कसैले देखेनन् ।

तर ४ सेप्टेम्बर २०१८ का दिन शिविन्दरले दाईमाथि मुद्दा चलाउने बताए । नेसनल कम्पनी ल ट्राइब्युनलमा उनले मलविन्दरमाथि जालसाजी, उत्पीडनको आरोप समेत लगाए । जसमा भने– दाईले मेरी श्रीमति अदितीको फर्जी हस्ताक्षर गरे । उनले दाजु मलविन्दर रेलिगेयर कम्पनीका पूर्व अध्यक्ष सुनिल गोधनानीलाई कम्पनी ऋणमा डुबाएको आरोप लगाए ।

सफलताको स्वाद लिइरहेका उनीहरुको जीवनमा यो पहिलोपटक थियो, जसमा दुबै भाइबीच तीतो सम्बन्ध देखिएको थियो । यसभन्दा अघि नै उनीहरुले आर्थिक बर्बादी देखिसकेको थिए । भोगिसकेको थिए । आफ्नै कम्पनी फोर्टिस र रेलिगेयरबाट मालिकको हक गुमाइसकेका थिए । ऋण चुक्ता गर्नका लागि उनीहरुले सेयर बैंकमा धितो राखेका थिए । बैंकको ऋण चुक्ता गर्न नसकेपछि बैंकले धितोका रुपमा राखिएको सेयर जफत गरेको थियो ।

त्यतिबेलासम्म उनीहरुले सबै गुमाइसकेका थिए । उनको यो बर्बादीको कथा निकै रोचक छ । अनुभवले खारिएका दुबै भाइसँग सम्पत्ति पनि प्रशस्तै थियो । ऋणले गर्दा अगाडि बढ्ने सबै बाटो गुमाइसकेका थिए ।

रेनबेक्सीको कथा

यस कथाको सुरुवात भारतको अमृतसरमा भागबण्डाभन्दा पहिलेदेखि हुन्छ । हजुरबुबाका दुई छोरा र उनीहरुका दुई छोराहरु थिए रणजीत र गुरबक्स । दुबै जना मिलेर औषधी वितरणका लागि एक फर्मको सुरुवात गरेका थिए । रणजीतको नामको सुरुका २ अक्षर र गरबक्सको नामको आखिरका २ अक्षरबाट कम्पनीको नामाकरण गरिएको थियो ।

तर यो कम्पनी सन् १९४७ मा बिक्री भयो । भारतबाट पाकिस्तान अगल भएपछि रावलपिन्डीबाट मोहन सिंह दिल्ली आए । उनले उक्त फर्म खरिद गरेका थिए । त्यसपछि कम्पनीले निकै प्रगति गर्यो । निकै राम्रो औषधी उत्पादन पनि भयो ।

मोहन सिंहपछि कम्पनी उनका छोरा परविन्दर सिंहले सम्हाले । उनले कम्पनीलाई विदेशसम्म पुर्याए । परविन्दरका २ जना छोराहरु थिए । मलविन्दर र शिविन्दर । सन् २००० मा परविन्दरको मृत्यु भएपछि कम्पनीको सम्पूर्ण जिम्मेवारी दुई भाईमा आइपुग्यो । परविन्दरका भाई अनलजीत पनि करोडपति थिए । उनले म्याक्स ग्रुप स्थापना गरेका थिए ।

१० वर्षमा केसम्म हुनसक्छ र

सन् २००८ मा वान डे क्रिकेटमा अष्ट्रेलिया पहिलो नम्बरमा थियो । सन् २०१८ मा आइपुग्दा अष्ट्रेलिया छैठौं स्थानमा छ । १० वर्षमा केबाट के हुन सक्छ यो यस्तो कथा छ । यस्तै कथा मलविन्दर र शिविन्दरको पनि छ ।

सन् २००८ को सुरुवातमा दुबै भाईले रेनबेन्सी कम्पनीबाट आफ्नो सबै स्टक बिक्री गरे । खरिद गर्ने कम्पनी थियो जापानको दाइची साक्यो । तत्कालिन समयमा २।४ बिलियन डलरमा डिल भएको थियो ।

रेनबेक्सी भारतको जेनरिक औषधी उद्योगको चम्किलो तारा जस्तै थियो । जब कम्पनी बिक्री भयो तत्कालिन समयमा कम्पनी भारतको सबैभन्दा ठूलो औषधी बनाउने कम्पनी थियो ।

तत्कालिन समयमा भाग्यले दुबै भाइलाई निकै साथ दिएको थियो । भाग्य कस्तो भने कम्पनी बिक्री भएको केही दिनमै अमेरिकाको ड्रग रेग्युलेटरले रेनबेक्सीबाट आयात नै बन्द गरिदियो ।

औषधीको गुणस्तर खराब भएकाले आयात नगर्ने कारण देखायो । कम्पनीको नयाँ मालिक दाइचीलाई पहिलो गाँसमै ढुंगा लाग्यो । सन् २०१३ मा दाइचीले दुबै भाईमाथि मुद्दा चलायो । सन् २०१४ मा दाइचीले सन फार्मालाई रेनबेक्सी कम्पनी बिक्री भयो । तबसम्म दाइचीले हजारौं करोड रुपैयाँ गुमाइसकेको थियो ।

रेनबेक्सी डिलबाट चौपटको कथा सुरु भयो जुन २००८ मा । डिल भइसकेपछि दुबै भाइसँग साढे ९ हजार करोड नगद रुपैयाँ थियो । बाँकीको साम्राज्य छुट्टै ।

तर दुबै भाइले योजना ठीक बनाएनन् । पैसा अत्यन्तै धेरै थियो । उनीहरुले बेवकुफी देखाए । आँखा बन्द गरेर विश्वास गरे । दाइचीलाई कम्पनी बिक्रीबाट आएको २००० करोड रुपैयाँ कर तिरे र बाँकी ऋण चुक्ता गरे ।

बच्यो साढे ७५ हजार करोड रुपैयाँ । दुबै भाइसँग दुई अन्य ठूलो कारोबार थियो । एउटा भारतको सबैभनदा ठूलो अस्पतालको चेन फोर्टिस हेल्थकेयर र दोस्रो सबैभन्दा ठूलो नन–बैंक फाइनान्सियल इन्स्टिच्युसनमा एक रेलिगेयर इन्टरप्राइजेज ।

बाँकी बेचेको पैसाबाट १७५० करोड रुपैयाँ उनीहरुल रेलिगेयरमा लगानी गरे । २२३० करोड रुपैयाँ फोर्टिसमा लगानी गरे ।

राधास्वामी सत्संग व्यासका ‘बाबाजी’सँगको सम्बन्ध

गुरिन्दर सिंह ढिल्लो उर्फ बाबा जी । जसको ब्यास सत्संग पनि चल्थ्यो । देशभरमा उनका २० लाखभन्दा बढी भक्त थिए । करिब ५००० केन्द्र थिए । अथाह जमिन समेत थियो । यो सम्प्रदाय सन् १८६१ मा बनेको राधा स्वामी सेक्टबाट टुक्रिएर बनेको थियो । ढिल्लोभन्दा पहिले उनका मामा चरण सिंह यसका प्रमुख थिए । चरण सिंहकी छोरी निम्मी सिंह मलविन्दर र शिविन्दरको आमा थिइन् । अर्थात् निम्मी सिंह ढिल्लोकि बहिनी थिइन् । मलविन्दर र शिविन्दरका लागि ढिल्लो बुबा समान थिए ।

दाइचीको डिलबाट जुन पैसा आएको थियो, त्यसबाट २७ सय करोड रुपैयाँ उनीहरुले ढिल्लो परिवारलाई दिएका थिए । यो सायद मिलेर कारोबार गर्ने मनसायले दिइएको थियो । दुबै भाइका अनुसार ढिल्लो उनका गुरु हुन । उनीहरु बीचमा गुरु–शिष्यको सम्बन्ध छ । तर राम्रो दिनमा दिएको पैसा खराब दिनमा समेत फिर्ता आएन । ब्याज जोड्ने हो भने अहिले उक्तरकम ४ हजार देखि ५ हजार करोड रुपैयाँसम्म पुग्छ । यो पैसा किन फिर्ता आएन दुबै भाइहरुले अहिलेसम्म बताएका छैनन् ।

फेरि मन्दी आयो र सबै डुबायो

गोजीमा निकै धेरै नगद थियो । त्यसबाट रेलिगेयर र फोर्टिस कम्पनीमा लगानी गरे । कारोबार बढाउनका लागि उनीहरुले निकै धेरै ऋण लिए । सोही गतीमा खर्च समेत गर्न थाले । खर्च निकै बढ्यो तर सोही अनुसारको योजना भने भएन ।

दोस्रोतर्फ ढिल्लो तथा राधा स्वामी सत्संग ब्याजका सहयोगीहरुले सोही दिनमा रियल स्टेटमा लगानी गर्न सुरुवात गरे । तब यो नाफाको सम्झौता थियो । उनीहरुले धेरैभन्दा धेरै खरिद गर्नका लागि चर्को ब्याजमा ऋण लिए ।

उनीको सोच कस्तो थियो भने जति लगानी गर्छौ, त्योभन्दा बढी कमाउँछौं । तर आर्थिक मन्दी त्यही समयमा सुरु भयो । जमिन र घरको मूल्य घट्न थाल्यो ।

ऋण चुलाउने चक्करमा भयो गडबडी

एकातिर बिक्री घट्यो भने अर्कोतिर मूल्य पनि घट्यो । तर जुन ऋण लिएको थियो, त्यसको ब्याज ज्यूँका त्यूँ थियो । यो पैसा चुकाउनका लागि रेलिगेयर र फोर्टिससँग भएको रिजर्भ रुपैयाँ पनि निकाल्नु पर्यो ।

यो दुईतर्फी माग थियो । यो झट्का मलविन्दर र शिविन्दरलाई त लाग्यो लाग्यो, ढिल्लो पनि चपेटामा आए । यस्तो अवस्था आयो नि उनीहरुलाई यस अवस्थाबाट बाहिर निस्कनका लागि कम्पनीको सम्पत्ति पनि धितोमा राख्नु पर्यो ।

यसबीच कैयन गडबडी भयो । जस्तै कैयन पटक ग्रुपको कम्पनीको पैसाबाट निजी होल्डिङ कम्पनीका पैसाले भरियो । यस आरोपमा अहिले जाँच भइरहेको छ ।

– क्लिक मांडूबाट

प्रतिक्रिया दिनुहोस