नेपालीभाषी बर्मेलीहरुको भब्य देउसी भैलो

  • राज गुरागाई

म्यानमार । बर्षौ पहिले नेपालीहरु कर्माका लागि नेपाली भुमि छाडेर बर्मा अर्थात् म्यानमार पुगे । काम मात्रै होइन नेपालीहरुले उबेला बिस्तारै–बिस्तारै प्रायःजसो नेपालीहरु पनि यतै बसोबास गर्न थाले । नेपाली हावा पानी र बाटोसंग मिल्दो जुल्दो रहेको, बर्मेली माटोमा नेपालीहरुले पसिना मात्रै होइन रगत पनि बगाएका छन् । ती पौरखी नेपाली हातहरुले बर्माको भूमिका घरमज पनि सुरु गरे ।

अहिले गोर्खाली नेपालीहरुको लागि म्यानमार मातृभूमि पनि बनेको छ । यहाँ नेपाल जस्तै तीज, दशैं र तिहार पनि भब्यताका साथ मनाउने चलन रहेको छ । यसपटक पनि बर्मेली नेपालीहरुले तीज, दशैं र तिहार रमाइलो साथ मनाएको टमू नगर शाखा संस्कृतिक प्रमुख तथा उप–शाखा ५ का देउसी भैलो टोली प्रमुख राज गुरागाईले जानकारी दिनुभयो ।

Loading...

म्यानमारको टमू नगर शाखामा ५ उप–शाखाहरु रहेका छन् । म्यानमारमा लक्ष्मी पुजाको दिनदेखि ५ दिनसम्म देउसी भैलो मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस