साझा पार्टी भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझा पार्टी भक्तपुर क्षेत्र नं १ क बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय गर्नुहुन्छ।
पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध वहॉंले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताउनु भएको छ।
सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन हामी सबैसँग हार्दिक अपील गर्दछौँ।
साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ ख को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमका बीच औपचारिक घोषणा गर्दैछ।