म्यानमारमा गोर्खालीहरुको गर्व लाग्दो इतिहास

  • लक्ष्मण पौड्याल

हामी म्यानमारबासी नेपालीहरूले आफ्नो सँस्कृति तथा सँस्कारलाई बडो निष्ठाका साथ अँगालेका छौँ । जसरी हाम्रा पूर्खाहरूले हामीहरूलाई देखाउनु भएको थियो मार्ग । सो मार्गको अनुसरण गर्दै भविष्यमा आउने हाम्रा सन्ततीहरूलाई केही आपत् नपरोस् भनेर हामीहरूले युगानुकूलका भौतिक तथा आध्यात्मिक ज्ञानहरूको चेतना झल्काउँदै गएका छौँ । म्यान्मारमा लगभग नेपालीहरूको संख्या (2)लाख जति छ । जसमा (4)सँस्कृत गुरूकूलहरू पनि छन् । जसलाई जीबलाल बाबाजीले रोपण गर्नु भएको थियो । यी चार गुरूकूल मध्ये मुख्य गुरूकुल चैँ (लखू) मानिएको छ । जसमा प्रवेशीकाबाट शास्त्री तलकको पढाइ हुन्छ । अनि चैत महिनाको राम नवमी पर्वमा प्रथम उत्तीण भएका विद्यार्थीहरूलाई प्रमाण-पत्रका साथ व्यास प्रदान गरिन्छ।

Loading...

आफ्ना मौलिक परम्परा वा चाडपर्वहरूपनि बिशेष तरिकाले धुमधाम साथ मनाइन्छ । अनि म्यानमार एउटा यस्तो संघ पनि छ । जसलाई अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक संघ भनेर भनिन्छ । अनि सबै नेपालीहरूलाई सरल होस् भनेर हरेक गाउँ हरेक ठाउँमा नेपाली भाषा पढाउनलाई गुरूहरू पठाइन्छ । यहाँ जेठबाट फागुन महिना तलक बर्मा भाषाको पढाइ हुन्छ। अनि उता चैतबाट (3)महिना नेपाली भाषाको पढाइ हुन्छ । नेपाली भाषा कक्षा (10)उत्तीर्ण भएका विद्यार्थीहरूलाई डिप्लोमा पढाइन्छ । साथ साथै कथा कविता निबन्ध मुक्तक गजल हाइकु साहित्य सम्बन्धि हरेक कुराको बोध गराइन्छ । अनि डिप्लोमा उत्तीर्ण भएपछि प्रमाण पत्रका साथ साथै डिग्रीपनि प्रदान गरिन्छ । त्यसपछि मात्र त्यो व्यक्ति नेपाली राम्रोसंग पढाउन सक्ने अधिकारी बन्छ ।

कोही असक्त छन् भनेपनि केन्द्रले पढ्न रूची भएका विद्यार्थीहरूलाई पढाउने क्रमपनि चली आएको छ र चल्दैपनि छ। अनि अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष हुनु हुन्छ ‘श्री मान सागर घिमिरे ज्यू’ । अनि वहाँ तीन तीन महिनामा सबै गाउँ ठाउँमा भ्रमण गर्दै कुन ठाउँमा के को कमी छ त्यसकोपनि व्यवस्था मिलाउनु हुन्छ । अनि कुन ढाँचाले पर्वहरू मनाउने त्यसकोपनि जानकारी प्रदान गर्नु हुन्छ । जसमा दशैँ, दिपावली, राम नवमी, शिवरात्री, होली पूर्णीमा, यी पर्वहरूलाई चैँ बडो उत्सव वा धुमधामका साथ मनाइन्छ । अन्य अन्य पर्वहरूपनि मनाइन्छ तर त्यती बिशेषले भने चैँ हैन । अनि बर्षमा एक जोडी चैत महिनातिर बिशेष तरहले शिविरकोपनि आयोजन गरिन्छ । जसमा भाग लिने युवा युवतीहरू (2)हजार जति बन्नु हुन्छ । अनि नेपालको जस्तै म्यान्मारमापनि त्रिपथगा गंगा निर्माण हुँदै छ । जो सुसम्पन्न हुन लागि सक्यो । यो त्रिपथगा गंगा चैँ ‘श्री शिव शाराधा सँस्कृत गुरूकूल’ लखू (रामेश्वर धाममा पर्छ ) । सो धामका अध्यापक डा-(१००८) बिष्णु बल्लावचार्य सरस्वती महाराज हुनु हुन्छ । वहाँले भारतमा (२०)वर्ष तलक अध्ययन गरेर (PHd) डिग्री हासिल गर्नु भएको छ। साथ साथै ‘भट्टोजिदिक्षीतद्वार उल्लेखीत ग्रन्थको बोध गराउनु हुन्छ । जसलाई ‘सिद्धान्त ‘भनिन्छ । सो ग्रन्थ संगसंगै ‘तर्कसंग्रह: ‘नामक ग्रन्थकोपनि बोध गराउनु हुन्छ । अनि महामहिम ‘पाणिनीको कौमुदीम’ग्रन्थकोपनि बोध गराउनु हुन्छ । अनि भागवत् लगायत अन्य अन्य अनेकौँ पुराणहरूकोपनि बोध गराउनु हुन्छ । जसमा वर्षौपिछे अध्ययन गर्ने छात्राहरू (200)जति हुन्छन् । अनि एक वर्षमा (5)जना छात्राहरूलाई भारतपनि पठाउने वहाँको योजना थियो जो गत वर्षबाट सुसम्पन्न भयो । भारत बनारसमा बसेर वहाँ अध्ययन गर्नु भएको थियो । त्यहीँ बनासमा आज वहाँले आफ्ना शिष्यहरूलाईपनि आफू जस्तै यावत् ग्रन्थहरूको स्पष्ट अर्थ लगाउन सकुन् भन्ने उद्देश्यले पठाउनु भएको हो ।

यसको साथ साथै एउटा आश्रमपनि छ जसलाई ‘श्री आशुतो तमोधाम संन्यास आश्रम ‘भनेर चिनिन्छ । सो आश्रमका आचार्य हुनु हुन्छ (१०८) श्वामी । जसले नेपाल अध्ययन गरेर आज जन्मभूमि आफ्नो म्यान्मार फर्केर आइ आत्मा सम्बन्धि बोध गराउनु हुन्छ छात्राहरूलाई । जसमा अध्ययन गर्ने छात्राहरू (50)हुन्छन् । सम्पूर्ण आध्यात्मिक ग्रन्थहरूको बोध गराउनु हुन्छ । साथ साथै पुराणहरूकोपनि । अनि अरूपनि तीन सँस्कृत गुरूकूलहरू छन् । जसमा बाह्रै मास आध्यात्मिक पढाइ हुन्छ । साथ साथै नेपाली कोशपनि 8,9,10,तलकको पढाइपनि हुन्छ । यी सबै गुरूकूलहरूको स्थापना गर्नु हुने मुख्य गुरू चैँ ‘जीबलाल’बाबाजी हुनु हुन्छ । वहाँले नै गर्दा आज म्यान्मारमापनि भारत नेपालहरूको जस्तै सँस्कृत, नेपाली, हरूको निरन्तरता पढाइ चली राखेको छ । अनि वहाँले म्यान्मारमा मात्र हैन नेपालमापनि उतिकै योगदान गर्नु भएको छ । वहाँ आज यो संसारमा हुनु हुन्न रपनि हाम्रोलागि अविस्मरणीय हुनु हुन्छ । यसरी म्यानमारको गर्व लाग्दो इतिहास वहाँले नै छाप्नु भएको हो ।

र ! त आज हामी आफ्नो धर्म सँस्कृति सँस्कार जोग्याएर राख्न समर्थ: भएका छौँ । यसरी नै निरन्तरता चली राखेको छ, म्यानमार सम्पूर्ण कला, साहित्य, आध्यात्मिक, भौतिक, । अनि हामीपनि त्यसको आधारले गर्दा गोर्खा वा नेपाली भएर बाँच्न समर्थ: भएका छौँ । अनि जसमा कछिन स्नेट मोगाउँ नगर चान्बारी प्रशाखामा बडो धुमधामका साथ कार्तिक मासमा साँस्कृति सम्बन्धिको नृत्यु चल्दछ। त्यहाँ एउटा कुटीपनि छ जसलाई तपो भूमिपनि भनिन्छ। ‘परमहंस उदासी बाबाले ‘ आराधना गरेर पवित्र पार्नु भएको थियो । त्यसैले गर्दा आजपनि त्यो भूमि ज्यादै सुन्दर र मनोहर । अनि म्यान्मारपनि नेपाल भारतको जस्तै महिनामा एक पल्ट साहित्य सम्बन्धि गजल, मुक्तक, कविता, इत्यादिको कार्यक्रम हुन्छ । त्यसैले गर्दा होला म्यान्मारपनि साहित्यकारको कुनै कमी छैन ।

अर्को कुरा फागुन मासमा पर्ने ‘महा शिवरात्री ‘पर्वलाई शँखाईमा बडो धुमधामले मनाइन्छ । जसमा श्रीमद्भागवात महा पुराणको पाठ सहित नेपाली भाषाबाट व्याख्या चल्दछ । नित्य वेदका मन्त्रहरूद्वारा हवन चल्दछ। दिवस भागवको व्याख्या चल्दछ भने रात्रीमा साँस्कृतिक सम्बन्धि नृत्य कलाहरू चल्दछ । जसलाई हेर्न भनेर विदेशीहरूपनि आउँछन् । साँच्चै यो शँखाई धाम पनि पवित्र स्थल हो जसमा साक्षात्कार भोलेनाथ शंखर प्रकट हुनु भएको छ । यसरी म्यानमारको गर्व लाग्दो इतिहास देख्दा वा सुन्दा हामी नेपालीहरूले गर्व गर्नु मुख्य कुरा पनि हो । जसरी हाम्रा पूर्खाले बचत बनाएर राखेका थिएँ हाम्रो सँस्कार सँस्कृति सोही प्रकार आज हामीहरूले पनि बचाएर राखेका छौँ ।। 

–  मोगाउँ शाख (म्यान्मार)
प्रतिक्रिया दिनुहोस