पुनामा सामुहिक भाईटिका

  • त्रिलोचन देवकोटा

पुना । भारतको पुनामा बसोबास गर्ने नेपाली सोना कुँवर समितिले सामुहिक भाईटिका मनाएका छन । सामाजिक रुपान्तरणका निमित्त पारिवारिक सामुहिक भाईटिका तिहार कार्यक्रमको आयोजना गरि मनाइएको हो । अछामको साँफेबगर नगरपालिका ३ शिद्देस्वर वडा नं. ७ प्रभा चतुरसालका, सोना कुँवर अहिले भरतमा बसोबास गर्नुहुन्छ । उहाँका सन्ततीहरुले भाई–बहिनीको अटुट प्रेमको प्रतिक भाईटिकालाई नयाँ बिचारका साथ सामुहिक रुपमा मनाएर, नयाँ कार्यको थालनी गरेका छन ।

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष मुकेश कुँवर र पुना शाखा समिति समन्वय प्रमुख आकाश कुँवरले गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ जेष्ठ नागरिक गगनसिंग कुँवर र दिदीबहिनीहरुको हातबाट गरिएको कार्यक्रममा स्वागत मन्तब्य समितिका सदस्य गंग कुँवरले राख्नुभएको थियो । सचिव धुर्ब कुँवर, सल्लाहकार ललित कुँवर, सल्लाहकार बखजन कुँवर र आमन्त्रित अतिथि देब बहादुर खड्काले शुभकामना दिनु भएको थियो ।

Loading...

कार्यक्रममा बहिनीहरुलाई जेष्ठ सदस्य डिल्लीसिंग कुँवर, कटक कुँवर, अमर कुँवर र मत्र कुँवरले उपहार बितरण गर्नुभयो । भाईटिका तिहार कार्यक्रममा सोना कुँवर समितिका दिदी–बहिनीहरु, आफन्तहरु र अन्य भाइबन्धु समाजका अगुवाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस