एउटै दृष्टि, भिन्न कोण

महरालाई साढे सात वर्ष कैद हुनसक्ने

२०७६ कार्तिक १४ गते बिहिवार

बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो । उनलाई हिरासतमै फर्काइएको छ । महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको थियो ।

स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको थियो । जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ ।

महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय मागदाबी गर्न सकिन्छ । महरा सार्वजनिक पदाधिकारी भएकाले डेढी सजाय थप हुन्छ । करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ । कसूर प्रमाणित भए साढे सात वर्षसम्म कैद हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस