एउटै दृष्टि, भिन्न कोण

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज, फर्किए बालुवाटार

२०७६ कार्तिक १४ गते बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको हेमोडायलासिस गरिएको थियो ।

नियमित उपचार र स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको उल्लेख गरिएको वक्तव्यमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ। त्यसअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक चक्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली आज फर्किने जानकारी दिएका थिए।

डा. पाण्डेले प्रधानमन्त्री ओलीको थप उपचारबारे निजी चिकित्सकले तय गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस