एउटै दृष्टि, भिन्न कोण

महराले अनुसन्धानमा प्रहरीलाई असहयोग गरे

२०७६ कार्तिक १४ गते बिहिवार

जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेको छैन । अपराधस्थल भनिएको सुविधानगरस्थित घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको तलुवा लगायतका सामग्री महराको हो वा होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्ने तयारी प्रहरीले गरेको थियो ।

पहिले महराले रगत दिन इन्कार गरेपछि प्रहरीले अदालत गुहारेको थियो । जिल्ला अदालत, काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो । अदालतले ७ दिन म्याद थप गर्दै रगत दिन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस