एउटै दृष्टि, भिन्न कोण

एनआरसी सूचीले नेपालीहरुलाई कुनै असर गदैन

२०७६ कार्तिक १५ गते शुक्रवार

भारतका गृहमन्त्री अमित शाहले भारत सरकारले असाममा नेशनल रजिस्टर अफ सिटिजन्स– एनआरसीको सूची प्रकाशित गरेर कडाइ गर्न लागे पनि नेपाली चिन्तित हुनु नपर्ने बताएका छन् । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग  नयाँ दिल्लीमा कुराकानी गर्दै भारतका गृहमन्त्रीले सो कुरा बताएका हुन् ।

यो नियम भिसा नलिइकन आउने घुसपेठियाहरुको लागि भएको भन्ने उहाँको भनाइ रहेको छ । उनले सो अवसरमा नेपालसँगको सम्बन्धलाई भारतको अहिलेको सरकारले अत्यन्त महत्व दिएको बताएको समेत राजदूत आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस