प्रवासीलाई छुन नसकेको, चाडपर्व

  • करन साउद

हरेक समुदाय तथा धर्म भित्र विभिन्न प्रकारका चाडपर्व पर्ने गर्छन् । त्यस्तै हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशै तिहार पनि मानिन्छ । यो पर्व एक ठुलो पर्व पनि हो । दशैमा अधिकांश ठाउँमा बलिप्रथा दिने प्रचलन छ । नेपालका धेरै ठाउँमा रागा अनि बोकाको बलि चढाए नव दुर्गा माता प्रसन्न हुने भन्ने पनि आस्था बिश्वास रहिआएको छ । तर केही संग संस्था ब्यक्तिहरुले बलि प्रथा अन्ध बिश्वास रहेको र बलि चढाउनु ठुलो पाप भएको पुष्टि गर्दै यो प्रथालाई अन्त्य गर्नु पर्छ भनेर आवाज उठाउदै आउनु भएको छ । बदलिदो समय अनि माग अनुसारको यो माग सहि भए पनि आफ्नो परापुर्व काल देखि मानिदै आएको संस्कारलाई भने भुल्न पक्कै सकिँदैन ।

दशैमा टीका जमरा अनि आफू भन्दा ठुला अग्रज बुढा पाखाहरुबाट आश्रीबाद र जमरा लगाईन्छ भने दिपावली अथवा तिहारलाई भाई–बहिनिहरुको पबित्र सम्बन्ध रहेको ठुलो पर्व मानिन्छ । तिहारमा भाईटिका अथवा दिदी–बहिनीहरुले आफ्ना दाजु–भाईहरुलाई टिकामाला लगाएर आश्रीबाद लिनेदिने गर्छन् भने दाजुभाईहरुले दिदिी–बहिनी बाट टीका माला ग्रहण गरिसकेपछि आफ्नो क्षमता अनुसारको दक्षिणा दिने प्रचलन पनि कायम रहेको छ ।

Loading...

दशै तिहार धेरै समयसम्म भेटघाट हुन नपाएका संगै खाना बस्न नपाएका रमाईलो गर्न नपाएका बर्षभरिका दुःख, सुखका बेदना पोख्न नपाएकाहरुको मेलमिलाप अनि पबित्र बन्धनको पनि पर्व हो । एक आपसमा सुख दुःख साटासाट गर्दै खुशियाली मनाउने प्रचलन पनि छ । देश तथा बिदेश बाट दशैमा घरमा आएर रमाईलो गर्ने गर्छन् । दशै तिहारमा विभिन्न खानाका परिकारहरु पनि बनाएर खाने गरिन्छ।सेलरोटी बाबर पुरी मासु भात लगायत थुप्रै परिकारहरु बनाउने गरिन्छ। बिदेशमा बर्षौसम्म काम गर्दै आएकाहरु पनि यीनै दशै तिहारलाई मध्यनजर गर्दै घर फर्किने गर्छन् । बिदेश बाट प्रायः यसरी केही नेपाली युवा–युवतीहरु फर्केर दशै तिहार मनाए पनि बिदेशमा श्रम गर्ने नेपाली लाखौ लाख युवा–युवतीहरुको भने कहाली दुख लाग्दो नै छ । चाडपर्व आएपनी छुट्टी नपाईने घर जान नपाईने जस्ता पिडाहरुले पोलिरहेको हुन्छ ।

आखिर त्यही दुख अनि पीडा मै प्रदेशिहरुले चाडपर्व मनाउने गर्छन् । बदलिदो समय परिवर्तनको साथ साथै सामाजिक संजाल बाट पनि कयौ बिदेशमा श्रमगर्नेहरुले दशै तिहार मनाउने शुभकामना आदानप्रदान गर्ने गर्छन् । स्वदेशमा अरुले मनाएका  सामाजिक संजालमा राखिएका फोटोहरु हेरेर चित्त बुझाउनु पर्ने पनि बाध्यता आउदो रहेछ । न परिवारसंग मेलमिलाप न आफन्त संग भेटघाट न चाडपर्वको रौनक न कुनै उमंग न कुनै खुशि न बहिनिको हातबाट टिकामाला न ठुलावडाहरुको हात बाट आश्रीबाद अनि कसरी भन्न सकिन्छ हयापी तिहार हयापी दिवाली भनेर । मन भरी दुख पीडा हुदाहुदै पनि तर यो समाजको लागि भए पनि ती पिडाहरु लुकाएर मुस्कुराउन सक्नु पर्दो रहेछ ।

हजारौं आमाबुवाहरुको छोरासंग बसेर दशै मनाउने सपनाहरू बिफल भए होलान हजारौं दिदी–बहिनीहरुका दाई–भाई लाई टीका अनि मखमली फुलका मालाहरु उनेर लगाउने सपनाहरू सफल भएनन् होलान हजारौं छोरा–छोरीका सात समुद्र पारी रहेका आमा बुवाहरु संगै बसेर खाने रमाईलो गर्ने सपनाहरू हराए होलान् हजारौं आफन्तहरुका भेटघाट गरेर सुख दुख साटासाट गर्ने योजनाहरु सफल हुन सकेनन् होला यहि हाम्रो लागि दुर्भाग्य हो ।

प्रतिक्रिया दिनुहोस