एउटै दृष्टि, भिन्न कोण

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत जुवाको खालबाट पक्राउ

२०७६ कार्तिक १६ गते शनिवार

प्रधानमन्त्री केपी ओलीका सुरक्षा अधिकृत काठमाडौंमा जुवाको खालबाट पक्राउ परेका छन् ।

नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपियाँ पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस