एउटै दृष्टि, भिन्न कोण

कास्कीको मागः परिवादरवाद होइन, योग्य उम्मेदवार

२०७६ कार्तिक १६ गते शनिवार

चुनाव नजिकिदै गर्दा, कास्की क्षेत्र नम्बर २ सबैभन्दा चर्चामा रहेको छ । उक्त क्षेत्रमा साझा पार्टीले रजनी केसीको उम्मेदवारी घोषणा गरिसकेको छ भने नेकपा कास्की जिल्लाले दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको नाम सहित अन्य दुई नेताहरुको नाम सिफारिस गरेको छ ।

केही दिनमा नै भट्टराईलाई नेकपा सचिवालयको बैठकले आधिकारीक उम्मेदवार घोषणा गर्ने नेकपा निकट स्रोतको दाबी छ । सरकार गठनको लगभग दुई बर्ष पुगिसकेको अवस्थामा नेकपाको गिर्दो लोकप्रियतामा भट्टराई मतदाता र भावनाको मत पाउन सक्लिन ? या, सरकारविरुद्ध उठेका आवाजलाई प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस वा साझा पार्टी लगायतका उम्मेदवारले बाजी मार्लान् ?

कास्कीका युवाहरुले रबीन्द्र अधिकारीलाई सम्झदै, उहाँ जस्तै योग्य, बिकासप्रेमी उम्मेदवार साझा पार्टीले उठाएको दाबी गरेका छन् । हामीहरु परिवारवादमा फस्दैनम् ? योग्यलाई जिताउछम् –ती युवाले भने ।

प्रतिक्रिया दिनुहोस