तख्य प्रशिक्षक योहान कलिनले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्।
गोलकिपर किरण चेम्जोङ र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द विदेशी लिगमा व्यस्त भएकोले टीममा राखिएको छैन।
फरवार्ड भरत खवास भने टिममा परेका छन्। यस्तै मिडफिल्डरद्वय सुबास गुरुङ र मिक्छेन तामाङ पहिलोपटक टीममा परेका छन्।
नेपाल र म्यानमारबीचको खेल ७ नोभेम्बरमा हुनेछ।
१९ नोभेम्बरमा नेपालमै हुने कुवेतविरुद्धको विश्वकप क्वालिफायर खेलको तयारीका क्रममा यो मैत्रीपूर्ण खेल हुन लागेको हो।