एउटै दृष्टि, भिन्न कोण

साझा पार्टी दाङले शिबकुमार चौधरीलाई उम्मेदवार बनायो

२०७६ कार्तिक १६ गते शनिवार

सत्तारूढ नेकपालगायत प्रमुख दलले उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउन नसकिरहेका बेला साझा पार्टीले भने धमाधम उम्मेद्वार घोषणा गरिरहेको छ।

काठमाडौं। साझा पार्टीले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि सामाजिक अभियन्ता शिबकुमार चौधरीलाई दाङ क्षेत्र नं। ३ ९ख० बाट उम्मेद्वार बनाउने भएको छ।

साझा पार्टीका प्रवक्ता डा।सूर्यराज आचार्यका अनुसार विगत लामो समयदेखि सामाजिक अभियन्ताको रूपमा सक्रिय चौधरीलाई उम्मेद्वार चयन गरिएको हो। उनले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।

चौधरीले आफू निर्वाचित भए खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिका खेल्ने पार्क निर्माण, बृद्ध-बृद्धाहरूलाई बस्ने ठाउँ, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थापनका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस