काठमाडौं ।आफूसँग विगतमा गरेको सम्झौता पुरा नगरेको भन्दै प्राध्यापक डा। गोविन्द केसी भोलि सोमबारदेखि अनशन बस्दैछन् । अवकाशपछि डाक्टर केसीको यो पहिलो अनशन हो ।
त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न कात्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए । तिहारको कारण अनशन मिति पछाडि सारेका केसीले भोलि बस्ने अनशन स्थलको बारेमा जानारी दिएका छैनन्।