एउटै दृष्टि, भिन्न कोण

मन्त्री बर्षमानका दाहिने हात तामाङबाटै, उपकुलपति नियुक्ति प्रति अापत्ति

२०७६ कार्तिक १८ गते सोमवार

सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेकोप्रति सरकार मन्त्री तथा नेकपा नेता बर्षमान पुन निकट अनेरास्ववियूका सह-संयाेजक रञ्जित तामाङले कडा आपत्ति जनाएका छन् ।

तामाङले फेसबुक स्टाटस पोस्ट गर्दै उपकुलपतिको नियुक्ति प्रकृयाप्रति आक्रोस पोखेका हुन् । उपकुलपतिको नियुत्तिप्रति असहमति जनाउँदै तामाङले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनु भएकाे छ, बधाई तथा सफलकार्यकालकाे शुभकामना छ, तर उहाँ याेग्य र सक्षम हुदाहुदै पनि नियुक्तिकाे बिधि गलत भयाे । हामिले बिगतबाट भन्दै आएका थियाै विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट हाेईन खुला प्रतिशपर्धाका आधारमा नियुक्त गरियाेस ।`

यसबाट के प्रस्ट हुन्छ भने- सरकारले गरेकाे नियुक्तिप्रति पुर्वमाअाेबादी खेमा असन्तुष्ट छ । तामाङले नियुक्ति प्रकृया प्रति गरेको अालाेचना उनकाे मात्रै बिचारकाे रुपमा बुझिएको छैन । तामाङ, अाेली सरकार मन्त्री समेत रहेका बर्षमानका दाहिने हात अर्थात् बिस्वासिला पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस