महराबाट नैतिक कमजोरी भएकै छ: प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । साथै पार्टी नेताहरुलाई ढाँटेर गम्भीर गल्ती गरेकाे बताए ।

दाङमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरुले विवाद गर्न नहुने बताए ।

Loading...

उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ। महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस