एउटै दृष्टि, भिन्न कोण

इन्स्टामा आमिर खानकी छोरीले यस्तो फोटो राखेपछि

२०७६ मङ्सिर २ गते सोमवार

मुम्बइ – बलिउडस्टार आमिर खानकी छोरी इरा ‘डेब्यु चर्चामा आएकी छन्। ‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको छ । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ ।
हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ ।

उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन् । फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस