एउटै दृष्टि, भिन्न कोण

सिरहा प्रहरी खोतल्दै लागूऔषधसहित प्रयोगकर्ता- पुनः दुई युवा पक्राउ

२०७६ मङ्सिर १० गते मङ्गलवार
  • महेश सिंह

सिरहा ।  सिरहाको दक्षिण बर्ती सिमा बर्ती क्षेत्रमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका ५ लालपुर बाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन। सिरहाको ठाडी भन्सार र इनर्वा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाई छिपाई गरि नेपाल भित्रीयाई रहेको अबस्थामा दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय कुमार यादव को साथबाट प्रतिबन्धित लागु औषध डाइलेक्स डि सि – १५ बोतल , डाइजिल्याप -१८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड -१८ एम्पुल, नोरफिन-१९ पिस र नाइट्रोभेट -३० पिस लागुऔषध सहित पक्राउ गरेका छन ।

पक्राउ परेका दुबै जना र मोटरसाइकल कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी अपिल राज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस