एउटै दृष्टि, भिन्न कोण

तनाबमा माेदी: महाराष्ट्रमा ४ दिनमै सरकार ढल्याे

२०७६ मङ्सिर ११ गते बुधवार

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह र कार्यकारी अध्यक्ष जेपी नड्डाबीच बैठक बसेको थियो। उक्त बैठकको दुई घण्टाभित्र मुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामाको घोषणा गरेका हुन्।

आफूले बहुमत पुर्‍याउन नसक्ने अवस्था देखिएपछि उनले पदबाट राजिनामा दिएका हुन्। मंगलबार नै उपमुख्यमन्त्री अजित पवारले पनि राजीनामा दिएका थिए। पवारले राजिनामा दिएको एक घण्टाभित्र मुख्यमन्त्रीले समेत राजिनामा दिएका हुन्।  मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत फडणवीसले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

मुख्यमन्त्री फडणवीस र उपमुख्यमन्त्री पवारले चारदिन अघि मात्रै महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीको उपस्थितिमा गोपनीयताको सपथ लिएका थिए।

प्रतिक्रिया दिनुहोस