रोल्पाका हार्जङवासी दुई दशक पहिलेको एउटा घ टना सम्झेर अझै झस्किन्छन् । त्यतिवेला राति माओवादीले घरको भित्तामा नारा लेखेर जाने र दिउँसो प्रहरी आएर किन लेख्न दिइस् भनेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै थियो । प्रहरीको दुब्य वहारबाट जोगिन गाउँलेहरूले नारा मेटाउन थाल्दा माओवादीले किन मेटाइस् भनेर वृद्ध–वृद्धा, बालबालिका, महिला सबैमाथि कु ट पी ट गर्थे । त्यसपछि हार्जङवासीले समिति नै बनाएर नारा मेटाउने निर्णय गरे ।
नारा मेट्ने समिति र लेख्न आएकाहरूबीच राति झडप हुँदा चारजना माओवादीको ज्या न गयो । त्यसपछि माओवादीले २०५५ साल फागुन २७ गते हार्जङका ९ जनालाई जि उँदै आ गो लगाएर मा रे । १० जना घाइते भए र ३ जनालाई अप ह रण गरे । सामूहिक ह त्या गरिएका तीमध्ये एक जना मात्रै नारा मेटाउने समितिका सदस्य रहेको हार्जङका तत्कालिन एमाले कार्यकर्ता मनप्रसाद पुन बताउँछन् । सर्वसाधारण गाउँलेहरूको त्यो बीभत्स हत्यामा गाउँकै माओवादी संलग्न थिए । अधिकांश पीडित परिवार तत्कालिन एमाले समर्थित थिए । आ गो लागेको थाहा पाएपछि भित्र सुतेकाहरू बाहिर निस्कन खोज्दा समेत, केही माओवादीको गोलीले ढोकामै ढलेका थिए ।
खनाल संयोजक रहेको कार्यदलको प्रतिवेदमा उल्लेखः हारजंगमा बलबहादुर रोकाको घरलाई ग्यास च्याम्बर बनाएर हिटलरी शैलीमा आठ–आठ जना नेपाली समूहहरूलाई जि उँदै ड ढा एर मा र्दा गुञ्जिएको ची त्कारले माओवादीहरूलाई बाँ चुन्जे ल निरन्तर लखेटिरहने छ ।
माओबादीबाट हार्जङमा मा रिए काहरु
१. पुष्टबहादुर (पुष्टे) गिरी, उमेर ६५ वर्ष
२. अमृतबहादुर गिरी, उमेर ५५ वर्ष
३. ढाँटे पुन, उमेर ६० वर्ष
४. मनबहादुर गिरी, उमेर ४२ वर्ष
५. एैभान पुन, उमेर ५० वर्ष
६. चैते पुन, नाबालक उमेर १४ वर्ष
७. बेगमबहादुर पुन, उमेर ३३ वर्ष
८. तिर्खु गिरी, उमेर ३५ वर्ष
९. हस्ते रोका, उमेर ४९ वर्ष
१०. श्रीमती खिरु पुन

२०५५ साल फाल्गुन २६ गते लुङग्री ७, हार्जङमा जी उँदै ज लाइएका ९ जनाको परिवार। । तस्बिर : पत्रकार दिनेश सुबेदी / नागरिक दैनिक