एउटै दृष्टि, भिन्न कोण

कथा लेखिएको, पुस्तकको पनि कथा

२०७६ मङ्सिर ११ गते बुधवार
  • विक्रम वीर थापा

पेन्सनामा निस्कँदा पाएको जम्मै पूँजी खर्चेर, सन् १९८३ मा विगतको परिवेशभित्र (उपन्यास) बनारसमा छपाएँ। पुस्तक छापिएपछि, उपन्यास शिलोङमा हेम जोशीले मनखुसी किनिदिए, म बनारसबाट उपन्यास छपाएर आए। पुस्तकको मूल्य त्योबेला २० रुपैयाँ राखेको थिए। यसपछि मनखुसीले पुस्तक किनिदिने कोहिँ र कतैपनि मेरो समाजमा भेटिन। पुसिंग सेलमा केही पुस्तक त गए तरपनि राम्रोसँग बिक्री नभएको सुन्दा, दुःख लाग्यो। सन् १९८६ मा मैले मेरो ४ सय पुस्तक जलाइदिए। यी पुस्तक म निराश भएर जलाएको होइन, मेरो समाजको दृश्य र चरित्र प्रष्ट पार्न, मैले यसो गरेको हुँ। नेपाली भाषा, साहित्यका लागि राम्रो गर्ने प्रयास गरे, तर नेपाली समाजले बुझ्ेन। मलाई समाजले चिनेको भए, मैले १ सय किताब लेख्न सक्थे होला। सन् १९९२ मा साहित्य अकादेमीको सौजन्यबाट मुम्बई डुल्न जाँदा, जल्नबाट जोगिएका उपन्यासको दुई प्रति लिएर गए। एउटा प्रति मुम्बईको एक संस्थालाई दिए र अर्कोप्रति प्रसिद्ध गायक उदितनारायण झाको हातमा पारिदिए।

विगतको परिवेशभित्र (उपन्यास) प्रकाशित भएको ३५ वर्ष भइसके छ। अहिलेसम्म भारतेली नेपाली लेखकहरूले, यसको समालोचना गरेका छैनन्। सन् १९८३ मा गुवाहाटीबाट नेपाल पुगेका अभिनाश श्रेष्ठले गुवाहाटीमा हुँदा, हेम जोशीद्वारा सम्पादित अछेता पत्रिकामा समालोचना गरे जस्तो छनक दिएका छन, तर छनक नभएर भनक भएको छ। १९८३ मा गोविन्दसिंह रावतले भने अछेता पत्रिकामा विगतको परिवेशभित्र (उपन्यास) बारे शिलोङको फोटो कपी भनेर समालोचना राम्रोसँग गरेका छन। तर उनले भारतमा होइन, नेपालमा बसेर लेखेका थिए्र। रावत शिलोङका हुन्। नेपालीमा एम.ए. गर्न काठमाडौँ पुगेको बेला, उनले यो काम गरे। अहिले उनी क्यानडामा छन्।

सन् १९८३ मा दिदीकहाँ (आसाम) भाइटीका मनाउन जाँदा विगतको परिवेशभित्रका केहीप्रतिहरू लिएको थिए। गुवाहाटीको पल्टन बजार नेपाली मन्दिरको नजिकै कृष्ण क्षेत्रीको पसलमा ५ प्रति पुस्तक बिक्रीका लागि दिए। दिदीकहाँ पुगेपछि ठूली भाञ्जीकी नन्द (पूर्णिमा) लाई एकप्रति दिए। पूर्णिमा लेखिका होइनन्, न उनी समालोचिका छैन हुन् तर शिलोङ फर्केपछि उनीले मलाई चिट्ठी पठाउँदा विगतको परिवेशभित्र पढेर यसबारे मर्मस्पर्शी टिप्पणी गरेकी छिन्। पूर्णिमा नै भारतेली चेली हुन्, जसले पहिलोपटक समालोचनाको रूपमा टिप्पणी गर्ने, नत्र कसैले पनि आजसम्म भारतेली भएर गरेको छैन।

कृष्ण भाईको पसलमा पुग्थे। उनीबाट उत्तर पाउँथे – दाई पुस्तक बिक्री भएको छैन। मैले देख्थेँ, विगतको परिवेशभित्र सबैले देखून, किनून् भनेर एउटा प्रति उनले सबैले देख्ने गरि झुण्ड्याएका थिए। धेरै वर्षपछि तीन वटाप्रति जसरी–तसरी बिक्री भए, तर दुईवटाभने बिक्रीनै भएनन्। धेरै वर्षसम्म झुण्डिएकोले विगतको परिवेशभित्रको कभर पेजको चित्र पनि पुरानो भइ रंग उडेर, फुस्रो न फुस्रो देखिन्थ्यो। त्यस्तो देख्दा मलाई माया लाग्यो अनि मैले बाँकी दुईप्रति पनि कृष्ण भाईबाट फर्ता ल्याए। भाईले बिक्री भएको तीनप्रतिको रकम मलाई दिए।

अन्तमाः मानिस मरेपछि के–के जुनी लिएर ८४ जुनीपछि फेरि मरेको मानिसले जिउँदो मानिसको जुनी लिन्छ भन्ने हिन्दू समाजमा प्रचलित छ। धर्मग्रन्थमा पनि लेखिएको होला। जुनी पाउको अर्थ हो – मानिसले अर्को संस्करण लिनु। हो, विगतको परिवेशभित्रले (उपन्यास) आत्महत्या गरे झैँ कृष्ण भाईको पसलमा झुण्डिए मर्न पाएन। मरेको भए मानिसले जुनी फेरे झैँ फेरेर अर्को संस्करणको रूप लिल्थ्यो। तर त्यो रूप लिन पाएन। यद्यपि, यो उपन्यास गुवाहाटी विश्वविद्यीलयमा नेपाली विषय अन्तर्गत एम.ए.मा पढाइन्थ्यो। यो मेरो मात्र कथा होइन। पूर्वाञ्चलमा हाम्रो समाजभित्र लेखकको रुपमा जन्मिनेहरू सबैको कथा हो।

प्रतिक्रिया दिनुहोस