एउटै दृष्टि, भिन्न कोण

कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध फेरि मुद्दा

२०७६ मङ्सिर ११ गते बुधवार

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा आज गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ ।

भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक पत्रिका’मा तथा सामाजिक सञ्जाल फेसबुकमा बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले मुद्दा दर्ता गरेका हुन् । अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भण्डारीविरुद्ध गाली बेइज्जतीअन्तर्गत मुद्दा दर्ता भएको बताए ।

गतसाता अघिमात्रै विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय भुक्तान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस