कस्तो हुन्छ, विवाह पछिको जीवन

विवाह संस्कारपछि एउटी युवती एकाएक जिम्मेवार बन्छिन्‌। उनको जीवन एक धरातलमा उभिन पुग्छ जहाँ दायित्व र कहिल्यै नसकिने लामो सूची हुन्छ। कामको शुरूमा केही समस्या हुन्छ जुन कुरा र काम सिकाउन आमा सधैं पछि लाग्थिन्‌ ती सबै कुरा एउटी युवतीले विवाहपछि आफै जान्नेे र सिक्ने कोशिष गर्छिन्‌। कारण उनमा नयाँ घरपरिवारमा मिलेर त्यसलाई आफ्नो बनाउने जिम्मेवारी पनि हुन्छ। बालापन, उत्ताउलोपन एवं जिद्दी स्वभावलाई छोड्‌न आमाले सधैं सल्लाह दिने गरेकोमा विवाहपछि उनी स्वयं समझदार भएर ती कुरालाई छोड्‌ने प्रयास गर्छिन्‌ ।

उनीहरू आमाबुबाले बनाइदिएको परिधिभित्र सुरक्षित हुन्थे तर विवाहपछि तिनले आफ्नो परिश्रमबाट आफ्नो परिधि अर्थात्‌ नयाँ घर बसाउनु पर्ने कुराको ज्ञान प्राप्त गर्छन्‌। अरूप्रति उनीहरूको जम्मेवारी नभए पनि एक-अर्काप्रति भने जिम्मेवार हुन्छन्‌। एउटी युवती आफ्ना आमाबुबा, भाइबहिनी एवं जन्मघरलाई छोड़ेेर श्रीमानको घरमा आउँछिन्‌ । यस्तो अवस्थामा श्रीमानको जिम्मेवारी आफ्नी श्रीमतीलाई खुसी राख्‌नुका साथै सुख-सुविधा प्रदान गर्ने पनि हुन्छ । यसका लागि श्रीमानका तर्फबाट पूर्ण प्रयास रहन्छ र आफ्नो जिम्मेवारी पूर्णरूपले निर्वाह गर्छन्‌ । अर्कातिर आफ्नो परिवार बढाउनका लागि पनि उसले सोच्नुपर्ने हुन्छ र यसका लागि आर्थिक रूपबाट सक्षम पनि हुनुपर्छ।

Loading...

अर्कातिर युवतीको आफ्नो माइती र श्रीमानको घरपरिवारको इज्जत बचाउने जिम्मेवारी हुन्छ। श्रीमानको घरमा गरिने व्यवहारका कारण माइती पक्षको लालनपालनमा उब्जन सक्ने प्रश्नको सधैं  ख्याल राख्नु उनको दायित्व हुन्छ। यसैगरी जुन युवकसित उनको विवाह भएको छ, उनैको घरलाई सजाउने जिम्मेवारी पनि उनीमाथि आउँछ।  विवाहपूर्व हरेक आमालाई आफ्नी छोरीको विषयमा चिन्ता हुन्छ । आमालाई विवाहपछि छोरीले घर सम्हाल्ने चिन्ता हुन्छ।

आमालाई आफ्नी छोरीको काम आफैले गरिदिने बानी पनि हुन्छ। कारण आमालाई छोरी स्कुल, कलेज वा कामबाट थाकेर घरमा आउँदा काम गर्न लगाउने इच्छा हुँदैन। त्यसैले आमाहरू छोरीलाई आरामका लागि प्राथमिकता दिन्छन्‌। कतिपय आमाहरू विवाहपछि श्रीमानको घरमा काम गर्नुपर्ने भएकाले माइतीमा बस्दा वा विवाह नहुँदासम्म छोरीले आरामका साथ जीवन बिताउनुपर्ने धारणा राख्छन्‌। त्यसैले उनीहरू आफ्ना छोरीलाई घरपरिवारको जिम्मेवारीबाट टाढै राख्छन्‌। त्यतिबेला छोरी अनुशासनहीन भैसकेका हुन्छन्‌। विवाहपछि श्रीमानको घरमा जब युवती प्रवेश गर्छिन्‌ तब उनी क्रमश: मानसिक रूपमा परिपक्व हुन थाल्छिन्‌ । उनले सबैलाई आफ्नो बनाउन, सबैको मनमा स्थान बनाउन आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ र स्वयं उनी आफ्नो काममा रुचि लिन थाल्छिन्‌ र विस्तारै आफ्नी आमाजस्तै एक कुशल गृहिणी बन्न पुग्छिन्‌ ।

यसमा युवाहरूको भूमिका : 
अध्ययन सकिएपछि केही समय नोकरी गर्छन्‌, तर विवाहपछि उनीहरू आफ्नो करियरप्रति गम्भीर हुन पुग्छन्‌, कारण उनीहरूमा परिवार चलाउने जिम्मेवारी हुन्छ। पहिले त आमबुबाकोे होटल चल्थ्यो तर विवाहपछि आफ्नी श्रीमतीको जिम्मेवारी र आफ्नो घर खर्च जुटाउने प्रयासमा तीनलाई आफ्नो भविष्यतीर तान्दै लान्छ। उनीहरू परिश्रमका साथ काम गरी अघि बढ्‌ने प्रयास गर्छन्‌ ।

छोराको विवाह भएको छ महिना मात्र भएको छ। अहिले उसमा केही परिवर्तन देखिएको छ। पहिले घरको सामान ल्याउन भन्दा आफूलाई केही थाहा नभएको बताउने छोराले अहिले घरमा के सामान ल्याउने हो भनेर सोध्ने कुरा घरकी आमाहरू बताउँछिन्‌। उनका अनुसार अब उनको छोरालाई घरमा प्रयोग हुने सामग्रीको मूल्य थाहा छ।

विवाहपछि युवतीहरू आफूमा आएको सबैभन्दा ठूलो परिवर्तन हो-बिहान चाँडै उठ्‌नु। माइतीमा आफू ढिलो उठ्‌ने विवाहअघि त छुट्टीको दिन मेरा लागि दिउँसो मात्र बिहान हुन्थ्यो तर विवाहपछि अलार्म राखेर सुत्दा पनि अलार्मपूर्व नै उठ्‌ने बानी बस्यो। जिम्मेवारीको चिन्ताले चाँडै उठ्‌ने बानी भयो। ढिलो उठें भने खाना बनाउन र त्यसपछि अफिस जान ढिलो हुन्छ। अत: ममा चाँडै उठ्‌ने बानी बस्यो। भन्छन्‌ विवाहित नव युवतीहरू विवाहपछि भाउजू, जेठाजु, बुहारी, देवरानी, माइजू, ज्वार्इं आदि नयाँ सम्बन्धमा बाँधिन पुग्छन्‌। यही सम्बन्धको गरिमालाई कायम राख्ने जिम्मेवारी युवतीकै हुन्छ र उनलाई स्वयं पनि यी सबै सम्बन्धबाट आफ्नोपन र प्रेम प्राप्त भएको अनुभव हुन्छ। धेरै अनुभवहरूले ती युवती परिपक्व एक गृहणी हुन्छीन्‌।

विवाहभन्दा पहिले आफूप्रति धेरै लापरवाह भएका युवतीहरू खानपान र पहिरनमा पनि आमाले नै ध्यान दिनु पर्थ्यौ। विवाहपछि यति धेरै परिवर्तन आउला भन्ने मैले कहिल्यै सोचेकी थिइन। म अहिले आफ्नो र पूरै परिवारको ख्याल राख्छु। मेरी सासू बिरामी हुनुहुन्छ, उहाँलाई समयमा औषधि खुवाउनु र खानपानमा ध्यान दिनु मेरो पहिलो कर्तव्य हो भन्छीन्‌ सानुमती।

नानीहरूको जिम्मेवारी महत्वपूर्ण : 
विवाह भएको केही समयपछि युवती गर्भवती हुन्छन्‌ र शिशु जन्मिएपछि सम्हाल्नुपर्छ। हरेक युवती यो कामप्रति अञ्जान हुन्छन्‌ र आमा हुनु उनका लागि नयाँ अनुभव हुन्छ। तर आमा भएपछि उनले यो जिम्मेवारी निर्वाह गर्न राम्रोसँग सिक्नुपर्छ। त्यसपछि शिशुप्रति आमाको माया-ममता बढ्‌दै जान्छ। साथै जिम्मेवारी थपीँदै जान्छ। घर परिवारदेखि गाउँ, घर, छर-छिमेकी सबैसँग मिलेर एकदक्ष नारी हुनुनै गृहणी कहलाइन्छ।

विवाहअघि जुन युवतीले अनावश्यक रूपमा पैसा खर्च गर्थिन्‌ तिनै युवती विवाहपछि अनावश्यक खर्चमा अंकुश लगाउँछिन्‌ र आफ्ना श्रीमानको निश्चित आम्दानीबाट घर खर्च र बचत पनि गर्ने बानी गर्छिन्‌। तर एउटा कुरा कतिका श्रीमती खर्चालु हुन्छन्‌ वचतमा भन्दा फेशनमा बेसी ध्यानदिने पनि हुन्छन्‌। त्यसैले विवाह पछिको जीन्दगी राम्रोसँग बिताउँनका लागि त्यस घरपरिवारमा राम्रो स्वभाव शान्त परिवेश सबैसँग खुशी चाहे दुःख होस्‌ या सुख तर खुशीको जिन्दगी बिताउँनु नै एक परिवारको जिम्मेवारी हुन्छ। वचत पनि गर्नुपऱ्यो घरपरिवारको देखभाल अनि नानीको भविष्य ती सबै नारीको जिम्मेवारीमा आउँछ त्यसैले घरकी नारीहरू एक दक्ष मनमा आँटिलोपन हुनु जसरी जे पर्छ त्यही टर्छ तर कर्म राम्रो गर्नुपर्छ सबै राम्रो हुन्छ भन्ने सोच राख्नुपर्छ प्रत्येक नारीले।

प्रतिक्रिया दिनुहोस