एउटै दृष्टि, भिन्न कोण

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

२०७६ मङ्सिर १३ गते शुक्रवार

काठमाडौं ।  काठमाडाै‌ विभिन्न कन्सल्टेन्सीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विद्यार्थीहरूलाई विदेश पठाउने गरेको पाइएको छ । प्रमाणपत्र बनाएबापत मोटो रकम असुलेर उनीहरूलाई विदेश पठाउने गरेका हुन् ।

यसरी शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाउने कन्सल्टेन्सीका सञ्चालकहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको सीआईबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस