एउटै दृष्टि, भिन्न कोण

नेपालमा चिनियाँ रेल आवश्यक छैन

२०७६ मङ्सिर १३ गते शुक्रवार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतले चीनबाट रेल ल्याउनु नेपालको प्राथमिकता नभएको बताएका छन् । रेलमार्ग निर्माण सम्बन्धी वार्ता गर्न चिनियाँ टोली नेपाल आएको बेला पारेर डा। महतले सो विचार राखेका हुन् ।

राजधानीमा नेपाल चीन मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै डा। महतले चीनले नेपाललाई लक्षित गरेर नभई दक्षिण एसियाली बजारलाई हेरेर नेपालमा रेल ल्याउन खोजेको बताए । उनको भनाई थियो– चीनबाट रेल ल्याएर नेपाललाई फाइदा छैन । बरु, चीनसँग नाका भएका सडकको स्तरोन्नति गर्न आवश्यक छ ।

अहिले चीनसँग नेपालको ठूलो मात्रामा व्यापार घाटा रहेको बताउँदै डा। महतले रेलमार्ग निर्माणपछि व्यापार घाटा नेपालले थेग्नै नसक्ने गरी बढ्ने दावी गरे । नेपालमा आन्तरिक पूर्वाधार कमजोर भएकाले पर्यटक संख्या बढ्न नसकेको उनले बताए । मालदिभ्स र भूटानभन्दा नेपालमा पूर्वाधार कमजोर भएकाले ती देशको तुलनामा नेपालको पर्यटन अगाडि बढ्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस