अवकाश लिने सोचमा महानायक अमिताभ

एजेन्सी । ७७ वर्षका अमिताभ बच्चनले अब फिल्मबाट अवकाश लिने मन बनाएका छन् । हालै बलिउड फिल्म इन्डस्ट्रीमा ५० वर्ष पूरा गरेका उनले आफ्नो ब्लगमा रिटायमेन्टतर्फ संकेत गरेका छन् । उनले लेखेका छन, अब मैले अवकाश लिनुपर्छ । दिमाग अरु नै केही सोचिरहेको छ भने औंलाले अर्कै सोचिरहेको छ । यो इशारा हो । उनी लामो समयदेखि खराब स्वास्थ्यसँग जुधिरहेका छन् ।

अक्टोबर २०१९ मा फोक्सोमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही समय आराम गरेपछि उनले कौन बनेगा करोडपति ११ को छायांकन सुरु गरे । तर, यसपछि पनि उनी पटक पटक अस्वस्थ रहेको खबर बाहिरिएको थियो । कौन बनेगा करोडपति ११ को छायांकन सकिए लगत्तै उनी प्रतिक्षीत फिल्म ब्रह्मास्त्रको छायांकनका लागि मनाली गएका छन् ।

Loading...

मौसम खराब भएका कारण उनले सडक मार्गबाट नै चण्डीगढबाट मनाली जानु परेको थियो । त्यो १२ घण्टा लामो सफरबाट थकित भएपछि अभिनेता बच्चनले अवकाश लिने सोच बनाएका हुन् । यसअघि उनले लगातार फिल्म असफल भएपछि सन् १९८४ देखि १९८७ सम्म फिल्मबाट ब्रेक लिएका थिए । त्यसबेला उनी राजीव गान्धीलाई सपोर्ट गर्न राजनीतिमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस