एउटै दृष्टि, भिन्न कोण

ब्रह्माण्डमा भौतिक परिवर्तन सम्भब छ !

२०७६ मङ्सिर १४ गते शनिवार
  • प्रवीणसिंह विश्वकर्मा

विक्रम संवत् २०७५ साल माघ अर्थात् भारतीय ईसवी २०१९ सोही पवित्र महिनामा इलाहाबादको (भारत) प्रयाग त्रिवेणी संगममा महाकुम्भ वा अर्धकुम्भ मेला भव्यताको सम्पन्न भयो । देश तथा विदेशबाट हिन्दु धर्मावलम्बी यस पावन भेलाको लुप्त उठाउन गंगा स्नान गर्न आफ्नो जन्मजन्मांतरको जानी–नजानी गरेको पाप धुनु सरल भाषामा मुक्ती पाउन आएका हुन् या आउनेछन । अर्को देशी–विदेशीहरु हिन्दु धर्मको कला–संस्कृती, वेष–भुषा, रहन–सहनमा भारतीको अथाह संस्कृति, पौरख, ज्ञान, विवेक, प्रेमकरुणा, वात्स्लयलाई अधिक गहन तरिकाले बुझ्न् आउछन । महाकुम्भमा प्रमुख पाहुना भनेको सबै अखाडाको नागा साधु र हठयोगी बाबाहरु ।

यिनी बाबाहरु हिमालय पहाडको कंधरा दुर्गम ठाउँमा ध्यान तपयोग गर्छन । अनि तीन–तीन वर्षमा लाग्ने १२ वर्षीय मेलामा नाशिक, हरिद्वार, इलाहाबादको प्रयागराज, उज्जैनमा कुम्भ स्नान गर्नु पूरा शाही अम्दाजमा आउछन र वैराग्य जीवन व्यतीत गर्ने गरि शाहों के शाह अम्दाजमा कुम्भमा शाही स्नान गर्छन । समाज कल्याणको एवटा बाटो अध्यात्मिक, अनि अर्को बाटो भौतिक समाजवादको राजनीति हो । भनाई को अर्थ अध्यात्मिकवाद अनि भौतिकवाद । अध्यात्मिक गुरु समाजमा विध्यमान विकृती मानव–मानव बीचको दुरी कम गर्ने, अराजकता, असफलता, देशप्रेम, मानवकल्याण, ईश्वरप्रेम, भाईचारा, समताबंधुत्वको पाठ पढाउन छन ।

भौतिकवादले देशको अर्थशास्त्र, कुटनैतिक, राजनीतिक, समाजशास्त्र, विदेशनीति लगायत थुप्रै कुरा गर्छ । अध्यात्मिकवाद अनि भौतिकवाद यिनी दुबै वाद मानव समाजको कल्याण अनि देशको विकास निकासको निम्ति अत्यंत आवश्यक हुन् । तर एउटा कुरा बुझ्नुपर्ने हो – यिनी साधु महात्माहरुले हजारौं रुद्राक्षको माला गला र टाउकोमा हाले । ५ र १० वर्ष दाडीजुङगा पालेर, कपाल नकाटेर, नाखुन नकाटेर, दाँत न घसी, टाउको जमीनमा टेकेर खुट्टा माथी उठाएर कहिँ समाजको कल्याण हुनुसक्छ ? यस्तो कस्तो हठ ? कस्ता हठयोगी ? अनि सबै कुरा समाजको हितको लागि गर्छौं भन्छन । बाबा समाजको हित चाहने हो भने समाजको बीचमा जानुपर्यो । समाजमा के विकृती फैलिएको छ हेर्नुपर्यो, छुवाछूत मेटाउनु प¥र्यो । हत्याहिंसा, महिला बलात्कार अत्याचारको लागि आवाजलाई उठाउनु प¥र्यो । शिक्षा साक्षरता को अभियानमा जोर पुर्याउनु पर्यो । चोरी डकैती मादक पदार्थ को सेवन बन्द गराउनु प¥र्यो ।

समाजमा फराकिलो फैलिएको अंधविश्वास मेटाउनु प¥र्यो । समान नागरिकको दर्जा सबै जातजातीले पाउनेछ यस्को पहल गर्नुप¥र्यो । स्वच्छ बिशुद्ध राजनीति हुनुपर्छ भन्ने स्तिथी बनाउनु प¥र्यो । अध्यात्मिकवादबाट देश र समाजको कल्याण हुन सक्छ, यस्को पारदर्शिता पुर्वक कार्य गरे राम्रो होला । सबै नागा र अघोरी समुदायको साधु, हठयोगी बाबा एक ठाउँमा न बसेर समाजको उन्नति निमित्त गाउँ–गाउँ, घर–घर, दैलो–दैलो जानुस् समाजमा परिवर्तनको जनचेतना ल्याउनुहोस् । मान्छेको जात बाहुन हुनुसक्छ तर साधु योगीको कुनै जात छैन जस्तो मलाई लाग्छ । ब्रह्माण्डको अराध्य देवता जल, जमीन, पहाड, कण, निसर्ग, जीवजंतु, आकाश, मनुष्य, सम्पुर्ण ब्रह्माण्डको मालिक निराकार प्रभु शिवका साधकहरुको आदर गर्छु । तर जनकल्याणको तरीका बदल्नु पर्दछ ।

डाक्टर र मरीज भेट न भएको मरीज ठिक हुने काम न गरौं । हिलोलाई हिलोबाट धुनामा हिलो सफा हुन्न ! हिलो सफा गर्नु हिलोमा पस्नु पर्ने हुन्छ । भौतिकवादको भनाई छ – सारा ब्रह्माण्डमा भौतिक परिवर्तन छ । सब कुरो समयमा भौतिक तरीकाले परिवर्तन हुन्छ । त्यो भनेको विज्ञान ! कति ज्ञानले विज्ञानको आविष्कार ग¥र्यो अझैसम्म गर्दैछ । त्यो मान्ने कुरा हो शत प्रतिशत सत्य । तर विज्ञान पछाडीको कुनै पावर त होला ? जस्ले विज्ञान बनायो ।

प्रतिक्रिया दिनुहोस