एउटै दृष्टि, भिन्न कोण

चुइङ्गम पड्काउँदा ४ महिनामा साढे १८ करोड चैट्

२०७६ मङ्सिर १४ गते शनिवार

चालू आर्थिक वर्षको पहिलो चौमासमा साढे १८ करोड रुपैयाँको चुइङ्गम चपाइएको छ। विभिन्न मुलुकबाट साउनदेखि कात्तिकसम्मको ४ महिनाको अवधिमा ६ लाख २१ हजार ६ सय ८ किलो चुइङ्गम नेपाल भित्रिएको हो। यो चुइङ्गमको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ हो।

गत आर्थिक वर्षको चार महिनाको तुलनामा यो आर्थिक वर्षमा भने चुइङ्गमको आयात घटेको छ। अघिल्लो वर्षको चार महिनामा २४ करोड ८० हजार रुपैयाँको ७ लाख १६ हजार ९ सय १९ किलो चुइङ्गम आयात भएको थियो।

नेपाली बजारमा सबैभन्दा धेरै चुइङ्गम भारतबाट आयात भएको छ। चालू आर्थिक वर्षको ४ महिनामा भारतबाट ६ लाख १९ हजार ३ सय ३ किलो चुइङ्गम आयात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ। त्यस्तै भारतपछि अमेरिकाबाट धेरै चुइङ्गम आयात भएको छ।

४ महिनामा अमेरिकबाट १ हजार १ सय २४ किलो, दक्षिण कोरियाबाट ५ सय १८ किलो, संयुक्त अरब इमिरेट्सबाट ४ सय किलो, बेलायतबाट १ सय ८२ किलो र थाइल्यान्डबाट ८१ किलो चुइङ्गम आयात भएको तथ्यांक छ। नेपाल लाइभमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस