एउटै दृष्टि, भिन्न कोण

भक्तपुरमा माओवादी अनुहारप्रति एलर्जी कि ?

२०७६ मङ्सिर १५ गते आइतवार

भक्तपुरको प्रदेशसभामा चुनाव हारेपछि नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जनताले नचिनेका र अघिल्लो चुनावमा ‘बागी’ उठेका पूर्वमाओवादीका डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण नेकपाले सो क्षेत्र गुमाएको पूर्वएमाले पक्षको आरोप छ । तथापि आफू बागी नभएर त्यागी उम्मेदार भएको ढकालको दाबी रहँदै आएको छ ।

पूर्वएमालेहरुले डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण भक्तपुर गुमाउनुपरेको भन्दै गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । उनीहरुले पार्टीमा भागबण्डा खोज्न तर जनतामा मत लिने ठाउँमा लोकप्रिय व्यक्ति छाडेर टिकटमा भागवण्डा नगर्न नेतृत्वलाई खबरदारीसमेत गरेका छन् । See More

प्रतिक्रिया दिनुहोस