एउटै दृष्टि, भिन्न कोण

पहिला राष्ट्र अनि मात्रै सत्ता स्वार्थ !

२०७६ मङ्सिर १६ गते सोमवार
  • करन साउद

भारत नेपालको एकदम नजिक रोटिबेटिको सम्बन्ध धर्म, कला, संस्कृति रितिरिवाज अनि भाई–भाई जस्तै पबित्र नाता भएको लगायत विभिन्न कुराहरु मेलखाने छिमेकी मुलुक हो । एक अर्कालाई आपद बिपद आउदा सहयोग तथा मद्दत पुर्याउने गर्ने परम्परा यी दुई राष्ट्र बिच सदियौ देखि चलिआएको छ । नेपाल रुदा दुख कष्ट पर्दा भारतले सक्दो सहयोग गर्छ भने त्यस्तै भारतलाई पर्दा नेपालले पनि मद्दत पुर्याउदै आएको कुरो हामी सबैलाई स्मरण नै छ । नेपालले भारतलाई अंग्रेज शासन अन्त्य गर्न बाट अहिलेसम्म सघाएको ईतिहास हामी समक्ष साछी नै छ । विश्व मै शक्तिशाली ईमान्दार बफादार बहादुर वीर गोर्खाली सेना भनेर चिनिने गोर्खा सैनिक दिने काम हिजो देखि आजसम्म कायम नै छ । नेपाल भारत सिमा खुल्ला र आवत जावत खुल्ला भएकै कारण आज भारतमा करिब २ देखि ३ लाखसम्म नेपालीहरु रोजगारी गरिरहेका छन् ।

पहिला पहिला नेपालीहरुलाई गार्ड तिर मात्र राखिन्थ्यो भने आज भोलि भने त्यो समय परिवर्तन भएको छ। होटेल कुक ड्राइभर घरमा खाना बनाउने काम अफिस लाईन देखि केही नेपालीहरु कम्पनी लाईन र सरकारी लाईन तिर पक्का जागिर खाईरहेका छन् भने कुनै ब्यक्ति आफ्नो व्यापार ब्याबसाय गरिरहेका छन् । जुन दुई मित्र राष्ट्र बिचको मेलमिलाप होस अथवा छिमेकीको भावनाको नाता सम्बन्ध होस चाहे रोटिबेटिको सम्बन्ध होस सबै यथावत कायम नै छ । तर बिडम्बना के छ भने नेपाल एक भु परिबिष्टत देश हो जसले हरेक कुराहरु अर्काको देश बाट आयात गर्नुपर्ने हुन्छ तर भारत आफैमा एक शक्तिशाली बिकास उन्मुख देश अनि आफ्नै खुट्टामा आफै उभिन सक्ने राष्ट्र हो । शायद त्यही कुराको घमण्ड भएर हुन सक्छ भारतले हरेक समय समयमा नेपाल माथी विभिन्न प्रकारका लाल्छना लगाउदै अनेकौं कुर्कत गरिरहेको हुन्छ । तर हामी स्वाभिमानी नेपाली भारत संगको मित्रता तथा सम्बन्ध टुटेको हेर्न चाहननौ तर भारतले भने नेपालको भलो कहिले चाहेन । नेपालमा बिकास भएको समृद्ध नेपाल भएको अथवा अरु कुनै देश संग हात मिलाउदा होस जहिले पनि भारतले नकारात्मक दृष्टिकोणले हेरि रहयो । त्यति मात्र होईन सिमानामा बसोबास गरिरहेका नेपालीहरु माथी विभिन्न प्रकारका यातना धम्की दिने कुटपिट गर्ने रातारात पिल्लर गायब गर्दै सिमाना बढायर नयाँ पिल्लर राख्ने जस्ता कार्य गतिविधिहरु हाम्रै अगाडि भैरहेका छन् ।

यस्ता कुर्कत कार्यहरु गराउन केही नेपालि राजनीतिका नेता भारतका दलालहरुको पनि भुमिका छ।राती सुत्ने बेलामा नेपाल हुने भुमी बिहाना उठ्दा भारत समेत भएका ज्वलन्त उदाहरणहरु हामी समक्ष प्रष्ट छन् । त्यति मात्र होईन सिमा बिबादकै कारण केही बर्ष अगाडि कंचनपुरका गौतमले भारतीय एसएसबीको गोलि खाएर सहिद हुनु पर्यो । भारतको यो ज्याजती दादागिरी आखिर कहिलेसम्म हामी नेपालीहरुले सहि बस्नु पर्ने ।भन्ने बेलामा भाईभाईको सम्बन्ध रोटेबेटिको सम्बन्ध अनि व्यबहार भने दुश्मनको जस्तै आखिर किन र केका लागि ! हामी नेपाली स्वाभिमान ईमान्दार बफादार मेहनती मात्र होईनौ परेको खण्डमा देश अनि राष्ट्रको लागि ज्यान पनि दिने गर्छौ । ईतिहास मरेको छैन हाम्रा पुर्खाहरुको पसिनाले आर्जेको भुमी यदि कसैले आफ्नो बनाउने प्रयास गर्च्ग भने त्यस्को लागि हानी नेपाली जुनसुकै समयमा पनि पछि नहटेर डटि लड्ने हाम्रो बानी हुन्छ।भारतले मुखले जे जति भनेपनी व्यबहार भने सधै नराम्रो नै कायम रहयो ।

भुकम्पबाट छेदबिच्छेद भएर धन्न धन्न जोगिएर देशको संबिधान बनाउदै संसदभवन बाट पारित भैसकेपछी नेपालले संबिधान जारी भएको घोषणा गर्दा केही मधेसीहरुले आफ्नो हक अधिकार संविधानमा उल्लेख नभएको भन्दै नारा जुलुस आन्दोलन समेत गरे।त्यही निहुमा भारतले नेपाल माथी ठुलो जाल रच्यो र नाका बन्दी नै लगायो।सामान्य तरकारी देखि नुन तेल साबुन पेट्रोल डिजेल लत्ताकपडा आदि सबै भारत बाट नै आयात हुने भएकाले नाकाबन्दिमा समस्या आउनु स्वभाबिक नै हो तर जति समस्या आएपनि वीर गोर्खालीका सन्तान हामी अत्पतालिएका भने पक्कै थिएनौं । पुरानो लगायौ कम खायौ आगो लजाएर खाना पकायौ पैदल हिड्यौ तर झुक्ने काम भने पट्क्कै गरेनौं । त्यतिबेलाका सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्यु लाई पनि कुनैपनी हालतमा भारतसँग समक्ष नझुक्ने नेपाली जनताले दबाब दिईरहे।विभिन्न खालका आन्दोलन र दबाबबाट आखिर भारतले आफै लज्जाएर नाकाबन्दी खोल्नु पर्यो ।

प्रधानमन्त्री ओलि बरु चीन तिर नजिक हुन पुगे तर भारत सामु झुकेनन यो नै गर्वको कुरो हो । त्यही समयमा चीनसँग विभिन्न सम्झौता पनि भए तर उता नजिक भएको झन भारतले कहाँ हेर्न सक्थ्यो र ! अहिलेपनि यहि समस्या आईपरेको छ भारतिय प्रधानमन्त्री मोदिले पाकिस्तान भारतको बिबादित क्षेत्र जम्मु कश्मिरबाट धारा ३७० खारेज गरेर स्वतन्त्र राज्य लागू गरे लगत्तै आफ्नो देशको नयाँ नक्सा जारी गर्यो । उक्त नक्सामा नेपालको कालापानी लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सा भित्र राखेर आफ्नो भुमी दाबी गरेको छ।नेपालको धेरै हेक्टर क्षेत्रफल अतिक्रम र कब्जा पछिको भारतको फेरि कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो बनाउने एक ठुलो षड्यन्त्र अनि दुस्साहस हो । नयाँ नक्सा जारी लगत्तै विभिन्न ठाँउबाट खबर बाहिर आएपछि नेपाली जनता संघ संगठन राजनीतिक दल तथा आम नेपालीहरुले हरेक क्षेत्रबाट नारा जुलुस तथा आन्दोलनहरु गरे तर भारतले भने सो क्षेत्र आफ्नै भनेर दाबी गरिरहयो।तसर्थ अब नेपाली जनताले एउटै आवाज उठाउनुपर्छ कुनै पनि हालतमा हाम्रो पुर्खाले आर्जेको भुमिलाई जान दिनुहुन्न, मर्नु परे पनि देश अनि राष्ट्रलाई जोगाएरै छाड्नुपर्ने बेला आएको छ ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालको हो भन्ने थाहा हुदा–हुदै भारतले आफ्नो नक्सामा राख्नु एक ठुलो षड्यन्त्र होः नेपाल प्रतीको समुधर सम्बन्ध लाई टुटाएर आफ्नो शक्ति देखाउने प्रयत्न हो । त्यसैले अब यो समस्या समाधान गर्न पक्ष विपक्ष होईन आम नेपाली नागरिक राजनीतिक दल संघ संगठनहरु लगायत देश बस्नुहुने नेपाली दाजु–भाईहरुले एक जुट भएर आवाज उठाउनु अनिवार्य देखिएको छ । यो समस्या सुल्झाउन दुबै देश बाट राजनैतिक तथा कुटनैति तवरको लागि पहल चालियोस यदि भारतले अझै मानेन भने दादागिरी देखाउछ भने नेपाली जनता र नेपालले अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्क ढक्याउनै पर्छ र पुर्खाको नासो फिर्ता लिनै पर्छ होईन भने भोलिका हाम्रा सन्ततिहरुलाई लिपु लेख कालापानी लिम्पियाधुरा पहिले हाम्रो थियो रे भन्ने सुन्न र काजमा पढ्न मात्र पाईने छ ।

प्रतिक्रिया दिनुहोस