एउटै दृष्टि, भिन्न कोण

दूतावास मार्फत, सरकारसँग केही आग्रहहरु

२०७६ मङ्सिर १६ गते सोमवार

प्रवीणसिंह विश्वकर्मा

नयाँदिल्ली दूतावास तथा महामहिम नेपाली राजदूत मार्फत, नेपाल सरकारसँग मेरा केही आग्रहहरु छन्। नेपाल सरकारले विदेश नीतिमा पारदर्शिता र सविस्तारीकरण गर्न अति आवश्यक देखिन्छ। उच्चस्तरीय तालिम वा शिक्षाका लागि, नेपाल सरकारसँग सम्बन्धित आरक्षण छात्रवृत्ति दलित विद्यार्थीले सहज र सरल तरिकाबाट पाउनु पर्दछ। त्यस्तो क्रममा अन्य सबै गैरदलित विद्यार्थीहरुको व्यवस्थापन पनि गर्नुपर्ने देखिन्छ। २६ जनवरी १९५० नेपाल–भारत मैत्रीपुर्ण सन्धीको हवालामा नेपालका विद्यार्थीले एउटा गरिब देशको विद्यार्थी भनेर भारतमा बस्ने राज्यसत्ता वा केन्द्रबाट छात्रवृत्ति आरक्षण उपलब्ध गराउने पहल गर्दा निकै राम्रो हुने थियो, कि ? भारतमा संघीय राज्य प्रणालीले एक राज्यको विद्यार्थीलाई अर्को राज्यले जातीय आधारमा शिक्षाको आरक्षण दिन नमिल्ने भएको हुदा छिमेकी राष्ट्र अनि मैत्रीपुर्ण सन्धीको निहुँमा अन्तर्राष्ट्रिय छलफल गरेर, यस्तो गम्भीर विषयमा ध्यान पु¥याउन आबश्यक देखिन्छ।

उपचारका लागि नेपालबाट आएका क्यान्सर पीडितलाई निकै समस्या हुन्छ। मुम्बईको टाटा अस्पतालमा भर्ना गर्न वा औषधी उपचारको लागी बिरामीलाई भारतीय सरकारी दस्तावेज सरहको प्रमाण खोजी रहेका हुन्छन्। प्रमाण नहुदा उपचार बिना नै फर्किनुपर्ने बाध्यता हुन्छ। अस्पतालमा भन्छन्– आपने नेपालमें दवा करो। अस्पतालले गर्ने यस्ता ब्यवहारबाट नेपाली बिरामीहरु हैरान परेका छन्। आर्थिक रुपले सम्पन्न भएकाहरुले बिरामीको उपचार गर्छन् तर गरिबहरुका लागि भने तनाब र चिन्ताको भार थपिन्छ। नेपाल सरकारले छिमेकी राष्ट्रसँग राम्रो कुटनैतिक पहल गरेर वैदेशिक व्यापार, रोजगारको ग्यारेन्टी, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत बिषयमा अवसर उपलब्ध गराउन जरुरी देखिन्छ। सरकारले प्रवासमा बस्नेहरुका लागि यति काम गर्न सक्दैन भने, मुलुकमा बस्ने युवाहरूलाई मौलिक नागरिक अधिकार पु¥याउनु पर्दछ। देशमा युवाहरूलाई स्वावलम्बी बनाउन, प्रशिक्षण र स्वदेशमा रोजगार उपलब्ध गराउन सरकारको प्रथम दायित्व निर्वाह गर्नुपर्छ।

यता दोनों देश एक हैं, एक संस्कृति है भनी रहने। तर उता उच्च शिक्षा र औषधीमा सहुलियत नपाए, यो कस्तो मित्रवत सम्बन्ध हुनसक्छ ? दुबै देशको वर्तमान सरकारले चासो लिएर यस्तो ज्वलन्त गम्भीर समस्याको पहल गरि समाधानमा उत्तर निकाल्नु पर्यो। नभए २६ जनवरी १९५० भारत नेपाल मैत्रीपुर्ण सन्धीको केही अर्थ रह्दैन ! ३१ जुलाई १९५० नेपाल–भारत मैत्री सन्धी हस्ताक्षर गर्नु भारतको उपनिवेश स्विकार्नु जस्तो हो ।

प्रतिक्रिया दिनुहोस